फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा ठूलो मन्दिर र गुम्बाको बारेमा जानकारी पहिलो

(GMT+08:00) 2010-01-19 09:28:05

      

      गुम्बा चीनको वौद्ब धर्मका वास्तुहरुमध्येको एक हो। त्यसको श्रोत भारतको गुम्बा वास्तु हो र त्यो उत्तरी वै वंशदेखि चीनमा प्रचलित भएको थियो। यी वास्तुमा चीनको सामन्दवादी समाजको साँस्कृतिक र धार्मिक विकास बारे उल्लेख गरिएकाले यीनको ऐतिहासिक तथा कलाको ठूलो महत्व रहेको छ।

       प्राचीनकालका वास्तुको निर्माणका सम्बन्धमा मानिसहरुको विचार एउटैखालको थियो। कुनै पनि वास्तुको बायाँ र दायाँ बराबर पारिने अथवा भनौं बीचमा ढोका भएपछि दायाँ र बायाँ बराबरी ठाउँ छोडिने चलन थियो। यसैले चीनका गुम्बाहरु चार कुने आकार छन। यी गुम्बाहरु देख्दा निकै गम्भीर र शान्दार देखिन्छन। यस बाहेक, चीनमा बगैंचा ढाँचाका गुम्बाहरुको संख्या पनि थुप्रै छ। यी दुइ किसिमका गुम्बा शैली रहेकाले चीनका गुम्बा गम्भीर र शान्दार देखिन्छन।

       प्राचीन कालका चिनियाँ गुम्बाहरुलाई हेर्दा तपाईं प्रायजसो बीचमा द्बार भएको पाउनु हुन्छ। प्रायजसो पहाडी क्षेत्रमा रहेका गुम्बाका मूल द्बारभित्र बायाँ र दायाँ घण्टा भवन र डमरु भवन बनाइएका हुन्छन्। बीचमा थेन वांग तेन दरबार पर्दछ। सो दरबारमा चारवटा मूर्ती हुन्छन्। सो दरबार पछाडि "ता स्योंग" दरबार र "छांग चिंग" भवन पर्दछन्। "ता स्योंग"दरबार गुम्बामा सबैभन्दा महत्वपूर्ण र ठूलो वास्तु हो। "ता स्योंग"को अर्थ गौतम वुद्ध हो।

       लो यां‍गको पाइ मा गुम्बा

       हान वंशकालमा ह नानमा स्थापित लो यांगको पाइ मा गुम्बा चीन सरकारले सबैभन्दा पहिले निर्माण गरेको गुम्बा थियो। सो गुम्बा लामो आकारको छ र त्यसको क्षेत्रफल चालीस हजार वर्गमिटर जति छ। पाइ मा गुम्बाको निर्माणबाट चीन, पूर्वी एशिया र दक्षिण-पूर्वी एशियामा वौद्ध धर्मको विकासलाई सशक्त रुपमा अघि बढाइएको थियो। यसै कारण पाइ मा गुम्बा हालसम्म धेरै मुलुकका धर्मावलम्बीहरुले पूजा-आजा गर्ने पवित्र स्थल बनेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह