फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा ठूलो मन्दिर र गुम्बाको बारेमा जानकारी दोस्रो

(GMT+08:00) 2010-01-26 09:43:13

     

      ऊ थाइ शान पहाडका वौद्ध धर्मका वास्तुहरु

      वल्लो शान सी प्रान्तको ऊ थाइ शान पहाड चीनमा वौद्ध धर्मका लागि प्रशिद्ध तिर्थस्थल हो। सो पहाडमा रहेका प्राचीन कालका वौद्ध धर्मका वास्तुहरुको संख्या 58 छ। यी गुम्बा-वास्तुहरुमा थांग बंशमा निर्मित नान छान गुम्बा र फो क्वांग गुम्बा पनि समावेश छन्। नान छान गुम्बा हाल चीनमा संरक्षित अवस्थामा रहेको काठबाट बनाइएको चीनको सबैभन्दा पूरानो गुम्बा-वास्तु हो। फो क्वांग गुम्बाको आफ्नै वास्तु-शैली छ जसमा चीनका विभिन्न युगका वास्तुका उत्कृष्ट गुणहरुलाई समेटिएको छ। त्यसमा रहेका सबै वास्तुहरु, मूर्तिहरु, भित्तामा लेखिएका चित्रहरु र लीपीलाई "चीनका चारवटा अनौठा वस्तु" मानिएको छ।

      हंग शान पहाडको स्युएन खुं‍ग गुम्बा 

      वल्लो शान सि प्रान्तमा रहेको हंग शान पहाडको स्युएन खुंग गुम्बा आकाशमा उभिएको जस्तो एउटा गुम्बा हो। सो गुम्बामाथितिर अग्ला-अग्ला पहाड छन भने तलतिर गहिरो उपत्यका छ। सो गुम्बा विरलै देखिने गुम्बा हो। सो गुम्बा हाल चीनमा बाँकी रहेको एक मात्र पहाडमा निर्माण गरिएको काष्ठ-वास्तु हो। स्युएन खुंग गुम्बा हंग शान पहाडको पहिलो दृष्य र उत्तरी वै वंशमा निर्माण गरिएको थियो। थांग, चिन, मिंग र छिंग यी चारवटा वंशमा त्यस गुम्बाको मर्मत गरिएको थियो।

    

 

      पोताला दरबार

      लामा धर्म चीनको बौद्ध धर्मको एक ठूलो समूह हो। लामा धर्मका गुम्बाको वास्तुको विशेषता दरबार ठूलो र अग्लो हुनु र प्रायजसो पहाडको भौगोलिक अवस्थिति बमोजिम निर्माण गरिनु हो। तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाअवस्थित पोताला दरबार विशेषतायुक्त लामा धर्मको गुम्बा-वास्तु नै हो। थांग वंशमा निर्माण गरिएको पोताला दरबार धेरै वर्षसम्मको मर्मतपछि ज्यादै ठूला वास्तुको नमूना बनिसकेको छ। त्यो सम्पूर्ण दरबार हेर्दा अत्यन्तै शान्दार र भव्य देखिन्छ। त्यसको क्षेत्रफल बीस हजार वर्गमिटरभन्दा बढी छ। त्यस दरबारमा बीसवटाभन्दा बढी साना दरबारहरु छन। सबैभन्दा बीचमा रहेको दरबारमा गौतम वुद्धको बाह्र वर्षको उमेरको सुनौलो मूर्ती पनि राखिएको छ। पोताला दरबारको वास्तु-शैली थांग वंशको विशेषतायुक्त रहेको छ, साथै सो दरबारमा नेपाल र भारतका वास्तु-शैलीको विशेषता पनि समाविष्ट छ।

      यसका अतिरिक्त, छंग दको "वाइ बा मन्दिर" र पैचिंगको योंग ह कोंग दरबार लामा धर्मका प्रसिद्ध वास्तुहरु हुन।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह