फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा ठूलो अपेरा हलको बारेमा जानकारी पहिलो

(GMT+08:00) 2010-02-02 09:12:27

     

      चीनको राष्ट्रिय बृहद थिएटरको बारेमा छोटकरी जानकारी

      पेइ चिङ्ग शहरको मध्य क्षेत्रमा पर्ने चीनको राष्ट्रिय बृहद थिएटरको कूल क्षेत्रफल एक लाख अठार हजार नौ सय वर्गमिटर छ। सन् 2001को अन्तमा निर्मान शुरु भएर सन् 2007को सेप्टेम्बरमा सम्पन्न भएको उक्त बृहद थिएटरको निर्माणका लागि तीन अरब दश करोड चिनियाँ युआन रकम लगाइएको थियो। उक्त थिएटरको पूर्वीदेखि पश्चिमसम्म दुइ सय बाह्र दशम्लब बीस मिटर लामो छ भने दक्षिणदेखि उत्तरसम्म एक सय त्रिचालिस दशम्लब चौसट्ठी मिटर लामो छ। अनि जमीनमाथिको भागको उच्चाइ छयालीस दशम्लब तीस मिटर अग्लो छ भने जमीनमुनि बत्तीस दशम्लब पचास मिटर गहिरो छ। यस थिएटरको मूख्य बनौट टाइटनबाट बनाइएको हो र बीचमा सिसाबाट जोडिएको हो। यसलाई चारैतिर घेरिएको कृत्रिक तालको कुल क्षेत्रफल पैंतीस हजार पांच सय वर्गमीटर छ।

      चीनको राष्ट्रिय बृहद थिएटरलाई फ्रान्सेली डिजाइनर पोल आन्दलुको तत्वावधानमा डिजाइन गरिएको हो। बृहद थिएटरमा गीटी नाटक शाला(2091वटा सिट), संगीत हल(1859 वटा सिट), थिएटर(957 वटा सिट), सार्वजनिक कक्षा र त्यससित सेट मिलाइने सहायक कोठा रहेका छन्। र सार्वजनिक कक्षको भूइं बीस किसिमका विभिन्न रङ्गको मूल्यांवान ढूगाबाट बनाइएको छ र सिलिङलाई मूल्यांवान काठबाट बनाइएको छ, अनि चार हजार वर्गमीटर रेशमीको प्रयोग गरी थिएटरको भित्तामा टाँसिएको छ। जमीनमुनि रहेको गाडी पार्किङ्ग चोकमा एक हजारवटा गाडी पार्किङ्ग गर्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह