|
|
|
|||||||||
|
||

18 वार्षिय ब्रुस ली शन फान जी स्कूलको उच्च माध्यमिक विभागमा भर्ना हुनुभएको थियो, त्यस समयमा उहाँको नाच्ने रुचि थियो, सन 1958मा उहाँले हंगकंगको छ्या-छ्या प्रतियोगितामा च्याम्पिन्शिप पाउनुभयो। उहाँको सबैभन्दा ठूलो रुचि उ शु हो। उहाँको पहिलो शिक्षक उहाँको बाबु लि हाइ छ्याआन हुनुहुन्छ, लि हाइ छ्याआनले ताइ जि छ्याआनमा प्रवीणता देखाउनभएको थियो। ब्रुस लीले सात वर्षको उमेर देखि आफ्नो बाबुसँग ताइ जि छ्याआनमा व्यायाम गर्नुथाल्नुभएको थियो। ब्रुस ली 13 वर्षको उमेरमा योन छोन छ्याआनका प्रवीण व्यक्ति ये वनको चेला बन्नु भएको थियो। ये वनको शिक्षा पाएर ब्रुस लिले राम्रो रुपमा योन छोन छ्याआन पढ्नुभयो। यस बाहेक ब्रुस लीले होन छ्याआन, बाइ ह छ्याआन, थाइन छ्याआन, शाउ लिन छ्याआन आदि चीनका विभिन्न किसिमको "छ्याआन"हरु सिक्नु भएको थियो। शाउ हान शन उहाँको अर्को शिक्षक हुनुहुन्थ्यो। त्यो समय ब्रुस लिले हंगकंगका विभिन्न स्कूलहरुले संयुक्त रुपमा आयोजना गरेको मुक्कावाज प्रतियोगितामा च्याम्पिन्शिपपुरस्कार पाउनुभएको थियो।

सन 1959को मई महिनामा ब्रुस ली अमेरिका जानुभयो। सेप्टेम्बर महिनामा उहाँले सियाटमा गएर एडिसन प्राविधिक स्कूलमा भर्नाहुनु भएको थियो, उहाँले दिनमा स्कूलमा पढ्ने र रातिमा चाइना थानमा काम गर्नुभएको थियो। सन 1961मा उच्च माध्यमिक स्कूलबाट पास भए पछि उहाँले वाशिङ्टन राज्यको विश्वविद्यालयमा भर्ना हुनुभएको थियो। विश्वविद्यालयमा उहाँले दर्शनशास्त्रको मूख्य अध्ययन गर्नुभएको छ। ब्रुस लि दर्शनशास्त्रलाई निकै मनपराउनु हुन्छ। दर्शनशास्त्र उहाँको जिवनमा भिजेको छ।
विश्वविद्यालयको समयमा उहाँले कोन फु खेल्नु भएको थियो। उहाँले विभिन्न किसिमको छ्याआनहरुमार्फत विजय प्राप्त गर्नुभएको छ। यस बाहेक उहाँले लछी, नानछाकुस आदि उपकारणमाथि विजय प्रात गर्नुका साथै उहाँले छिकोन, यिन कोनको पनि अध्ययन गर्नुभएको छ। सो समयमा चीनको उ शुको आधारमा उहाँ आफैले एक किसिमको छ्याआनलाई सृष्टि गर्नुभएको छ। यस मध्येको "लि सान ज्याउ", "छुन छ्याआन", "कौ लौ शौ"आदि छ्याआनहरु उहाँको सीप हो।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||