फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ माटोका भाँडाहरुको इतिहासबारेमा जानकारी पहिलो

(GMT+08:00) 2010-03-23 15:00:31

      पूर्वी चीनको शान तोंग प्रान्तको च् पो क्षेत्र चीनको प्राचीन कालदेखि नै चिनियाँ माटोका सामान उत्पादन गर्ने महत्वपूर्ण ठाउँ रहिआएको छ जहाँ स्थानीय वासिहरुले खडा गरेका चिनियाँ माटाका थुप्रै स्थानीय भट्टीहरु छन्।

      प्राचीन चीनमा चिनियाँ माटोको सिरानी हालेर सुत्दा गर्मी कम गर्न सकिन्छ भन्ने विश्वास गरिन्थ्यो र यसको प्रयोग व्यापक रुपमा गरिन्थ्यो। कसै-कसैले त्यसलाई दाइजोको रुपमा पनि प्रयोग गरी दुलाहा दुलहीलाई दिने गर्दथे । त्यसमा "दिर्घायू तकिया" भन्ने अक्षरहरु लेखिन्थ्यो। अझ कसै-कसैले त भूत-पिसाचलाई धपाउन र प्रकोपबाट जोगिन भनी त्यसमा "निबासको रक्षा" लेख्ने गरेको पाइन्थ्यो। चीनको थाँग वंश र सोंग वंश (सातौं शताव्दीदेखि तेह्रौं शताव्दीसम्म) देखि यता चिनियाँ माटोका सिरानीमध्ये कुनैमा तीन किसिमको रंग लगाइन्थ्यो, कुनैमा रंगीन इनामेल लगाइन्थ्यो भने कुनैमा सेतो इनामेल मात्र लगाइन्थ्यो।

      नीलो बुट्टा भएको चिनियाँ माटो चीनको युआन वंश (1206-1368) मा निकै प्रचलित थियो। त्यस बेला चीनमा त्यस्तो नीलो बुट्टा भएको चिनियाँ माटो बनाउने सरकारी भट्टी र स्थानीय गाउँले भट्टीहरु थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह