फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती परम्परागत नयाँ वर्षको उत्पति र चालचलन_1

(GMT+08:00) 2009-11-12 19:12:04

             तिब्बती नयाँ वर्ष चीनका तिब्बती जातिका नरनारीहरुको सबैभन्दा भव्य र सबैभन्दा हर्षोल्लासपूर्ण परम्परगत चाड हो। अरु धेरै प्राचीन जातिहरु सरह नै तिब्बती जातिको पनि आफ्नै पात्रो अर्थात तिब्बती पात्रो हुन्छ। नयाँ वर्षअघि र पछि मानिसहरुले पुरानो वर्षलाई विदाई गर्न र नयाँ वर्षको स्वागत गर्न विभिन्न गतिविधिहरु संचालन गर्ने गर्दछन। यसरी नै तिब्बती नयाँ वर्ष मनाउने यो परम्परा बनेको छ। किनभने सारा जातिले बौद्ध धर्म मानेको हुँदा तिब्बती नयाँ वर्ष मनाउने गतिविधिहरु गाढा धार्मिक वातावरणले सरोवरी रहेको हुन्छ।

             वर्तमान तिब्बती पात्रो सन् 1027 मा शुरु भएको थियो। तिब्बती पात्रोले सुन, काष्ठ, जल, अग्नि र माटो तथा मूसा, गोरु, बाघ, खरायो, ड्रेगन, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकुर र सुँगूर यी बाह्रवटा जनावरलाई एक अर्कासित मिलाएर वर्षको सम्झना गर्दछ। प्रत्येक साठी वर्षलाई एक चक्र मानिएको छ। यस वर्ष तिब्बती पात्रो अनुसार माटो र गोरु वर्ष हो। यस वर्षको तिब्बती नयाँ वर्षको पहिलो दिन फेब्रुअरी पच्चिस तारिखमा परेको थियो। नयाँ वर्षको वेलामा चीनका विभिन्न जातिका तिब्बती स‌र्वसाधारण जनताले साताव्यापी विदा लिन पाउँछन।

             नयाँ वर्ष आउनुभन्दा एक महिना अगाडि तिब्बती नरनारीहरुले आ-आफ्नो घरलाई सजिसजाउ गर्न, मालसामान र नयाँ लुगा किन्न तथा परम्परागत खानेकुरा बनाउन व्यस्त हुन थाल्छन। नयाँ वर्षको वेलामा सबै मानिसहरुले आफूलाई लागेको सबैभन्दा सुन्दर पोशाक लगाउँछन र सबैभन्दा मूल्यानवान गहना पनि लगाउँछन। सबैको घरको छानोमा मन्त्रसहित नयाँ ध्वजा पतका झुण्ड्याइएको हुन्छ। कसै कसैले त पवित्र पर्वतमा चढेर मन्त्रसहित ध्वजा पताकालाई उच्चस्थानबाट फर्फराउने गरी झुण्ड्याउन जान्छन। सबै परिवारले रंगीन बुट्टा भरिएको लच्छीन काष्ठ पाठीमा भुटेका गहुँका दाना र नौनीले हुँडेर बनाइएको च् पा भन्ने रोटी हाल्छन। त्यसमा करुको गुच्छा र नौनीको बुट्टाले भरेका हुन्छन। यसलाई घरमा राखेर पूजा गर्छन। त्यसबाट नयाँ वर्षभित्र राम्रो फसल भित्र्याऊन सकियोस भन्ने प्राथना गरिन्छ। नीनीको बुट्टा भिन्ना भिन्नै आकारमा छन। फरक आकारको फरक अर्थ निहित हुन्छ। ड्रेगन, बाघ र सिंह सम्पन्न व्यापार र पदोन्नतीको द्योतक हो। हात्ती, बाँदर, खरायो र कुखुराले आपसी मद्दत र सुखमय परिवारको अर्थ बुझाउँछ। चिरायु बूढो, मृग, पानी, पहाड र रुख आदिले लामो आयुको अर्थ बुझाउँछ। यस बाहेक तिब्बती महिलाहरुले करुको पीठोका विभिन्न प्रकारका रोटी बनाउँछन। विभिन्न रंग लगाइएका ती रोटी हेर्दा आकर्षक हुनुका साथै धेरै मीठो पनि छन।

               तिब्बती नयाँ वर्षको अघिल्लो दिन बेलुकी तिब्बती परिवारका सबै सदस्यहरुले भेला भएर खाना खाने चलन छ। नयाँ वर्षको पहिलो दिन गृहिणीले बिहान पाँच बजेतिर उठेर च् पा रोटी, कालो चिनी र दूधको छोक्रा मिसिएको एक भाँडो करु रक्सी तताएर परिवारको एकेकजनालाई पस्केर खुवाउँछिन। परिवारका सदस्यहरु उठेकै छैन भने पनि उनीहरुले खाटमै त्यो कचौरा रक्सी खाइदिन्छन अनि यथावत निदाउँछन। गृहिणी त झ्याल अगाडि बसेर सुर्योदय कुरिरहन्छिन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह