फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती परम्परागत नयाँ वर्षको उत्पति र चालचलन-2

(GMT+08:00) 2009-11-12 19:12:04
               पूर्वतिर उषा देख्नासाथ उनी हतार पतार घ्याम्पो बोकेर नदी वा कुवाबाट नयाँ वर्षको पहिलो घ्याम्पो पानी बोकेर घर ल्याउँछिन। भनाई छ यस्तो पानी सबैभन्दा पवित्र र गुलियो हुन्छ। जस्ले सबभन्दा अगाडी पानी तानेर घर लान्छ, नयाँ वर्षमा त्यसको धेरै आपत्ति विपत्ति हटेर जान्छ भन्ने किमवदन्ति पनि छ। दिन उज्यालो भएपछि सम्पूर्ण परिवारका मानिसहरुले नयाँ लुगा लगाएर मुखसुख धोएर सानो पुस्ताका मानिसहरुले ठूलो पुस्ताका मानिसहरुलाई शुभकामना दिन्छन। अनि त्यसपछि बिहानको खाजा खान्छन। गौचर भेगमा गृहिणीले परिवारका सदस्यहरुको संख्या अनुसार खसीको टाउको राखिएको एउटा ठूलो थाल घरका सबैभन्दा जेठा मानिसको अगाडि टक्याउँछिन। अनि सोही जेठा मानिसले ठूलो सानो उमेर अनुसार क्रमशः प्रत्येक मानिसलाई एकेकवटा खसीको टाउको र एकेकवटा चक्कु बाँडेर दिन्‌छन। सबैले अगेनुको वरिपरि बसेर एकातिर खसीको टाउकोबाट मासु काटेर खान्छन र अर्कोतिर एक अर्कालाई नयाँ वर्षको शुभकामना दिन्छन। नयाँ वर्षको पहिलो दिन तिब्बतीहरुले सामान्यतया आफ्नो घरमा पाहुना आएको त्यति मन पराउँदैनन। सडक बजारमा सुनसान देखिन्छ। मानिसहरु घरमा मात्र नयाँ वर्षको हर्ष बढाइं मनाउँछन् र धार्मिक गतिविधि संचालन गर्छन।

           नयाँ वर्षको दोश्रो दिनदेखि मानिसहरु घरबाट निस्केर इष्टमित्र र अरु मिल्ने साथीहरुसित भेटघाट गर्न जान्छन। सडक बजार व्यस्त हुन्छ। नयाँ वर्षको तेश्रो दिन ल्हासाका बासिन्दाहरुले समूह समूह बाँधेर शहरको पूर्वतिर पर्ने पाउ फिंग पर्वत र पश्चिमतिरको याउ वाँग पर्वतमा गएर पहाडी देवता र जल देवताको पूजा गर्न मन्त्रसहित ध्वजा पताका उचाल्छन र रंगीन शुत्रहरु लेखेर लामो कपडा झुण्ड्याउँछन। अति त्यसपछि उनीहरुले सूर्यतिर फर्केर गीत गाउँछन, रक्सी खान्छन, हाँस्छन र गफ गर्छन। तिब्बतको सबैभन्दा भव्य धार्मिक पर्व पनि नयाँ वर्षको तेश्रो दिनदेखि शुरु हुन्छ त्यो बीस दिनसम्म चल्दछ। नयाँ वर्ष मनाउन सामान्यतया पन्ध्र दिन लाग्छ। यस अवधिमा विभिन्न ठाउँमा घोड चढी र तारो हान जस्ता गतिविधिको आयोजना गरिन्छ। शहर र गाउँमा तिब्बती अपेरा देखाइन्छ। नाचगान गर्न सिपालु भएका तिब्बतीहरुले वरिपरि घेराबाँधेर नाचगान गर्दछन।

            आज आएर तिब्बती नयाँ वर्ष मनाउने गतिविधिमा आधुनिक कारकत्व मिसाइएको छ। नयाँ वर्ष आउनुभन्दा अघि मानिसहरु आतिशबाजी पडकाउंछन। सिंगै परिवारका सदस्यहरु बाहिर घुम्न जान्छन। नयाँ वर्षको पहिलो दिन बिहान सबेरै रेडियोले तिब्बती बौद्ध धर्मको उपदेश बारम्बार प्रसारण गर्छ। मञ्गलमय र खुशियाली शुभकामनाको आवाज रेडियोको तरंगसंगसंगै तिब्बतका विभिन्न ठाउँमा गुन्जिरहन्छ। स्थानीय टेलिभिजन स्टेशनले राती मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्दछ। तिब्बती अभिनेता अभिनेत्री र अरु जातिका अभिनेता अभिनेत्रीहरुले एउटै रंगमञ्चमा विभिन्न प्रकारका कार्यक्रम देखाउछन। मानिसहरुले नयाँ वर्षको विदाका क्रममा दिल फुकाएर सुखमय जीवनको रसास्वादन गर्दछन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह