फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सांग्रिला जिल्लामा "नम्बर एक गाउँ" को नाउँबाट प्रशिद्ध श्या कै गाउँका बासिन्दाहरुको नयाँ जीवन 1

(GMT+08:00) 2009-12-09 15:46:55

              सांग्रिला जिल्लाको सदरमुकामदेखि उत्तर पूर्वतर्फ तेह्र किलोमीटर टाढा पर्ने श्या कै गाउँ पुग्नासाथ सर्वप्रथम एउटा सेतो रंगको अतिथि स्वागत स्तूप तपाईंको आंखामा परिहाल्छ। जुन तिब्बती गाउँहरुको विशेषतायुक्त चिनो हो। श्वेत स्तूप चूप उभिंदै आउने जाने प्रत्येक अतिथिहरुलाई स्वागत र विदाई गरिरहेको हुन्छ। तिब्बती भाषामा श्या कैको अर्थ "चाँदी पत्थरमाथिको गाउँ" हो। गाउँ नजिकै एउटा तातो पानीको फोहोरा छ। त्यसको वरिपरि चाँदी जस्तो ढुँगाले घेरिएको छ। श्या कै गाउँको नाउँ त्यसबाट राखिएको हो। श्या कै गाउँ खोलानाला र डाँडाकाँडामा परेकोले त्यो एकदमै सुन्दर र रमणीय छ। आदिम कालको प्राकृतिक बन जंगलले गाउँलाई उच्च पर्वतको बीचमा अंकमाल गरेको छ।

              बाँगोटिंगो भएर अगाडि बगिरहेको दोहोरो पुल नामक नदी एक जेटको पेटी झैं गाउँलाई काटेको छ। बाइसवटा तिब्बती घर-परिवारका तिब्बती विशेषतायुक्त घरहरु एकदमै राम्ररी सुरक्षित रहिरहेका छन। जहाँतहीं बौद्ध गुम्बा, मानि थुम्को, धार्मिक ध्वजा-पतका र खम्बाहरु देख्न पाइन्छन। यसका साथै त्यहाँको स्थानीय विशेषतायुक्त फरक फरक ढाँचामा रहेका जल चालित माने, ताम्रा माने र खसीको छालाको माने आदि पनि देखिन्छन। श्या कै गाउँमा खुट्टा टेक्नेबित्तिकै तपाईंले तिब्बती बौद्ध धर्मको शान्त र रहस्यमय वातावरणमा डुबेको जस्तो महसूस गरिहाल्नुहुन्छ। यात्रा गर्न आएका ठूलो यात्रुवाहक गाडीहरु गाउँको चोकमा अडेका हुन्छन। ती गाडीबाट तल ओर्लेका पर्यटकहरुको आगमनले सुनसान गाउँलाई एक रमाइलो र सजीव वातावरण ल्याएको हुन्छ।

               श्या कै गाउँमा गएका यात्रुहरुलाई स्वागत सत्कार गर्ने जिम्मा लिएका कसाँग च्याछोले पत्रकारलाई जानकारी दिंदै भन्नुभयो- यस गाउँमा आएका पर्यटकहरु प्रायजसो तिब्बती गाउँको विशेष जातीय रिति रिवाज र तिब्बती परम्परागत कलाप्रति वस्तवमा लालायित भएर यहाँ आएका हुन।

              श्या कै गाउँमा धेरै हस्तकलाको ज्यासलहरु छन। जहाँ तपाईंले तिब्बती लोक कलाकारहरुको सूक्ष्म कलाको वस्तुस्थिति बुझ्नुका साथै ती आकर्षक कलात्मक वस्तुहरु किन्न पनि पाउँछन। तिब्बती लोक कलाकारहरुले तत्त्स्थानमै पर्यटकहरुलाई कालो माटोको भांडो बनाउने काष्ठ वस्तु, काष्ठ कुँदाइ, रुखको जराको कुँदाइ, चौंरी गाईको हाडको कुँदाइ देखाउँछन। ती वस्तुहरुमा तिब्बती भाषाले आशीर्वाद र मंगलमय अभिव्यक्त गर्ने र दुष्ट र राक्षसबाट बच्ने जस्ता अक्षरहरु कुँदिएका छन। पर्यटकहरुले तिनलाई निकै मन पराएका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह