फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिव्बती शास्त्री प्रतिनिधि-मण्डलको जर्मनी भ्रमणबारे

(GMT+08:00) 2010-04-07 20:02:55

                चीनको राज्य परिषद् अन्तर्गत समाचार कार्यालयको सञ्चालनमा रहेको छजनाबाट गठित तिव्बती शास्त्री प्रतिनिधि मण्डलले गत मार्च महिनाको एक्काईस तारिखदेखि जर्मनीको बर्लिन पुगेर त्यहाँको भ्रमण थालेका छन्। जर्मनीको भ्रमण गर्दै चिनियाँ तिव्बती शास्त्रीहरुले जर्मनी बौद्धिक सम्मेलन, जर्मनी राजनैतिक, वैज्ञानिक र प्रेस-माध्यम क्षेत्रका प्रतिनिधिहरु, जर्मनीका चिनियाँप्रबासी र त्यहाँ अध्ययरत चिनियाँ विद्यार्थीहरुसँग व्यापक रुपमा आदान-प्रदान गरेका थिए। उनीहरुले जर्मनीका ती व्यक्तिहरुका लागि तिव्बतसम्बन्धी प्रशस्त र ठोस अवस्थाबारे जानकारी दिँदै साँचो तिव्बतलाई देखाएका छन्।

                तिव्बत शास्त्र अनुसन्धान गर्ने चीनको केन्द्र, चिनियाँ सामाजिक र वैज्ञानिक अनुसन्धान संस्थाको जातीय कार्यालय र चीनको जातीय विश्वविद्यालयका तिव्बती समस्यासम्बन्धी विषेशज्ञहरुबाट गठित उक्त प्रतिनिधि मण्डलका सदस्यहरु तिव्बती हुनुहुन्छ। प्रतिनिधि मण्डलका प्रमुख, तिव्बती शास्त्र अनुसन्धान केन्द्र सामाजिक अर्थतन्त्रको अनुसन्धान कार्यालयका उप-प्रमुख दान्चन हुनावपले यस पटकको कार्वाहीबाट तिव्बतको साँचो परिस्थितिबारे जानकारी दिन सकिने इच्छा व्यक्त गर्दै भन्नुभयोः

                 "हाम्रो यस पटकको भ्रमण अति आवश्यक रहेको छ। किनभने जर्मन सर्वसाधारण, विषेश गरी पश्चिमी मुलुकका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुसँग आदान-प्रदान गर्ने आवश्यकता छ। हामी चिनियाँ तिव्बती शास्त्री हौँ, दीर्घकालीनसम्म तिव्बत सम्बन्धित अध्ययन गर्दै आएका छौँ। आफ्नो अध्ययनबाट केही उपलब्धि हासिल गरेका थियौँ। आफ्नो अनुभव र उपलब्धिको प्रयोगमा अरु मानिसका लागि तिव्बतको परिस्थितिबारे जानकारी दिनु त अझै बढी विश्वासिलो हुन्छ।"

               यसवर्षको यात्रा डक्टर दान्चन हुनावपले तिव्बती शास्त्री प्रतिनिधि मण्डलका सदस्यको रुपमा गर्नुभएको जर्मनीको दोस्रो यात्रा हो। तिव्बती समस्याबारे केही मतभेद भएतापनि आदान-प्रदानबाट अझ बढी मानिसहरुले तिव्बतको साँचो परिस्थिति थाहा पाउन सक्ने ठहर उहाँले लिनुभयो। उहाँले भन्नुभयोः

              "केही वर्षदेखि यता, विषेश गरी पछिल्लो दुई वर्षमा हामीले युरोपमा तिव्बत समस्याबारे जानकारी दिँदै आएका छौँ र आदान-प्रदान पनि। धेरै उपलब्धि हासिल भएको मैले महसुस गरेको छु। विषेश गरी जर्मनीमा मैले दुई पटक भ्रमण गरेँ। हरेक पटक विभिन्न अनुभव आदान-प्रदान गरेँ। जर्मनीका विभिन्न क्षेत्रका व्यक्तिहरुले ध्यान दिने पक्षमा केही परिवर्तन हुँदै आएको छ। विषेश गरी जर्मनी बौद्धिक सम्मेलनका व्यक्तिहरु, विश्वविद्यालयका विद्यार्थीहरु र चिनियाँ प्रबासीहरुले तिव्बतबारे आफ्नो नयाँ र गहिरो सोचाइ लिएका छन्।"

               जर्मनीस्थित् चिनियाँ राजदूताबासले गत मार्च तेईसका दिन चिनियाँ तिव्बती शस्त्री प्रतिनिधि मण्डल र जर्मनी प्रेस-माध्यमबीचको सम्मेलनको आयोजना गर्‍यो। तिव्बती शास्त्रीहरुले तिव्बत समस्याबारे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पाँचौ सम्मेलनको परिस्थितिबारे जानकारी दिएका थिए। यसबाहेक तिवब्तको आर्थिक समाजको विकास, तिव्बती सँस्कृतिको संरक्षण, वातावरण संरक्षणबारे पनि तिव्ब्ती शास्त्रीहरुले जानकारी दिएका थिए। यसका साथै तिवब्तको आधुनिकीकरण र आधुनिकीकरणको क्रममा उत्पन्न हुने केही समस्या, तिव्बतमा बस्ने बाहिरी क्षेत्रबाट आएका अर्थात अस्थायी प्रबासीहरुबारे पनि जानकारी दिएका थिए। यी जर्मन व्यक्तिहरुले चासो राखेका समस्याबारे जानकारी दिँदै दुई पक्षबीचको आदान-प्रदान भइसकेको छ।

                  सम्मेलनमा सहभागी बर्लीनर जेइटुङ पत्रिकाका पत्रकार फ्रान्क हेरोदले चीनबाट आएका तिव्बती शास्त्रीहरुसँग छलफल गर्न पाएपछि तिव्बतको ठोस् परिस्थिति थाहा पाउन सकिएकोमा आफूलाई धेरै खुसी लागेको बताउनुभयो। उहाँले भन्नुभयोः

                 "चिनियाँ तिव्बती शास्त्रीहरुसँग छलफल गर्ने यस पटकको सम्मेलनले मलाई पहिलो पटक मौका दिएको हो। मलाई तिव्बत समस्यामा धेरै रुचि लाग्छ। हाल तिव्बत जाने मौका त मसँग छैन, तर यस पटकको सम्मेलनबाट मलाई तिव्बतबारे थाहा पाउने राम्रो मौका मिलेको छ।"

                 गत मार्च तेईस तारिखमा प्रतिनिधि मण्डलले जर्मनीमा बसोबास गर्ने चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुसँग गोष्ठीको आयोजना गरेका थिए। सो अवसरमा प्रतिनिधि मण्डलले सुधार तथा खुलापन भएदेखि यता तिब्बतको आर्थिक तथा सामाजिक अवस्थाबारे जानकारी दिनुका साथै चीनको हान जाति र तिब्बती जातिबीचको सम्बन्ध, तिब्बतको इतिहास तथा तिब्बतको वातावरण संरक्षण आदि बिषयबारे चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीद्बारा सोधिएको प्रश्नको पनि जवाफ दिएको थियो। यसमा सहभागी चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले उक्त गोष्ठीमार्फत तिब्बतबारे आफूले नयाँ तथा बढी जानकारी लिएको कुरा व्यक्त गरेका थिए। यसैबीच जर्मनीको एउटा प्रकाशन संस्थाबाट आउनुभएका चिनियाँ प्रवासी प्रोफेसर शन छिनले भन्नुभयोः

                 "यसपटक यहाँ आएको तिब्बती शास्त्री प्रतिनिधि मण्डलले स्थानीय सञ्चार माध्यम तथा जर्मन संसदसित सम्पर्क राखेको छ। यो निकै नै सकारात्मक रहेको अनुभव मैले गरेको छु। यसबाट हामी चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीले पनि अझ बढी नयाँ कुराबारे थाहा पाउँन सक्छौँ।"

                 जर्मनीको भ्रमणका अवशरमा उक्त प्रतिनिधि मण्डलले जर्मनीका विभिन्न राजनैतिक दलका जिम्मेवार व्यक्तिसित पनि आदान-प्रदान गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह