फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतलाई सहायता दिने चिकित्सा टोलीको कथा-2

(GMT+08:00) 2010-04-21 14:41:21
             दक्ष प्रविधिकको अभावले गर्दा तिब्बतलाई सहायता दिने चिकित्सा टोली रन पु जिल्ला आउनुभन्दा पहिले त्यस जिल्ला अस्पतालले अपरेशन नगरेको पाँच वर्ष भइसकेको थियो। तीस हजारभन्दा बढी तिब्बतीहरु मध्ये कोही विरामी भएमा एक सय किलोमीटरभन्दा बढी टाढा पर्ने शिगाचे क्षेत्रीय अस्पतालमा अझ झन् टाढा त ल्हासासमेत जानुपर्थ्यो। यसै कारण धेरै विरामीले अपरेशनका लागि सबैभन्दा उचित समय गुमाएका थिए। अझै कुनै कुनै तिब्बतीले चाहिं विरामी भएपछि देवी देवतासंग आशीरवाद माग्न मन्दिर वा गुम्बामा जान्थे। यसरी नै निको पार्ने परंपरावादी सोचला हटाइयो।

               अनुभवी वरिष्ठ चिकित्सक वै श्याउ वनले तिब्बतको रन पु जिल्ला अस्पतालमा एकजना केटोका लागि गरेको पहिलो अपरेशनको सिंहावलोकन गर्नुभयो।

             तिब्बतलाई सहायता दिने चिकित्सा टोलीले तिब्बती क्षेत्रमा चिकित्सक र औषधीको अभाव भएको स्थितिलाई सुधार गरेको छ र रन पु जिल्लाका तिब्बतीहरुलाई डाक्टर देखाउन गाह्रो भएको अवस्थालाई खुकुलो पारेको छ। तर उता एकदमै व्यस्तताले गर्दा चिकित्सा टोलीका डाक्टरहरु एकदमै थाकेका पनि हुन्छन्। एक दिनको कुरा थियो डाक्टर स छोंग मिन लगातार धेरै अपरेशन गरेपछि साथै टारभूमिको कडा प्राकृतिक अनकुलताका कारण अपरेशन कक्षमा वेहोश भइन।

            तिब्बतलाई सहायता दिने चिकित्सा टोलीका चिकित्सकहरुले उत्तम सेवा र आधुनिक प्रविधिमार्फत तिब्बतीहरुको मन जिते। पहिले जिद्दी गरेर धूप बालेर पूजा गरे पनि अस्पतालमा उपचार गर्न नमानेका केही तिब्बतीहरुले पनि हेरुँ हेरुँ भन्ने विचार लिएर अपरेशन गर्न गए। मेदोक ल्हासाको एउटा गुम्बाकी एकजना भिक्षुनी हुन। पित्तमा पत्थरी भएर एपेन्डिसाइटिस रोग लागेको धेरै वर्ष भयो। अरु एकेकजना तिब्बतीहरुलाई चिकित्सा टोलीको उपचारपछि रोगबाट मुक्त भएको थाहा पाएर उनी पनि विशेष गरी ल्हासाबाट गाडीमा पाँच घण्टाभन्दा बढी समय बसेर रन पु जिल्लामा गएर डाक्टर स छोंग मिनलाई आफ्नो अपरेशन गर्न अनुरोध गरिन।

            रन पु जिल्ला चीनको नक्साको दक्षिण पश्चिमी भागमा पर्दछ। छि थाई ह शहर नक्साको उत्तर पूर्वी भागमा पर्दछ। तिब्बतलाई सहायता दिने कार्यले ती दुवै ठाउँलाई एक सूत्रमा जोडिदिएको छ। साथै हान जाति र तिब्बती जातिको नङ मासु जस्तो भावलाई एकै सूत्रमा जोडिदिएको छ। हिम टारभूमिमा फक्रेको हिम कमल फूल झै यो हान जाति र तिब्बती जातिका जनताले संगसंगै रोपेको मित्रताको फूल पनि हो त्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह