फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती किराका विशेषज्ञ वांग पाउ हाईबारे-1

(GMT+08:00) 2010-05-05 18:08:42

             तिब्बतको कृषि वैज्ञानिक प्रतिष्ठानका अध्ययनकर्ता वांग पाउ हाईलाई स्थानीया बासिन्दाले किराबारेका विशेषज्ञ भन्दछन् । तीस वर्षअघि उहाँले किराबारे अध्ययनरत फ्रान्सेली विशेषज्ञद्बारा रचिएको एउटा किताब लिएर आफ्ना परिवारसँग बिदा मागी पश्चिमतर्फ टाढा दूरीमा रहेको तिब्बत पुग्नुभएको थियो।

             सन् 2009 को नोभेम्बरमा श्री वांग पाउ हाईले चीनमा तेस्रो पटकको कृषि क्षेत्रका दक्ष व्यक्ति पुरस्कार पाउनुभयो। गत तीस वर्षयता श्री वांग पाउ हाईले तिब्बतमा जताततै गएर किराबारे अध्ययन र निरीक्षण गरी असी लाखभन्दा बढी अक्षरको ग्रन्थ प्रकाशित गर्नुभएको छ। त्यसका अतिरिक्त उहाँले चीनको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक प्रगतिको दोस्रो पुरस्कार र राष्ट्रिय प्राकृतिक विज्ञानको चौथो पुरस्कार पनि पाउनुभएको छ।

             श्री वांग पाउ हाईले सधैं नै "किराबारेको लेख" शिर्षकको किताब लिनुहुन्छ। सो किताबका लेखक अर्थात किराबारेका विशेषज्ञ फ्रान्सेली फापुरले आफ्नो किताबमा यसरी लेख्नुभएको छः हरेक मान्छेको आ-आफ्नो क्षमता र विशेषता हुन्छ। कहिलेकाहि त हामीले आफ्ना बिगतका पुस्ताबाट ती क्षमता र विशेषता पाएको जस्तो देखिन्छ। तर तिनको मुहानबारे अध्ययन गर्नु नै एउटा निकै कठिन कुरा हो।

              श्री वांग पाव हाई किराको विशेषताबारे अध्ययन गर्न मन पराउनुहुन्छ। तीस वर्षअघि विश्वविद्यालयबाट स्नातक हुनुभएका बेला उहाँले किराबारे अध्ययन गर्ने कल्पना गर्नुभयो। सन् 1978 मा ह नान कृषि विश्वविद्यालयबाट स्नातक हुनुभएपछि श्री वांग पाउ हाई दृढ संकल्प गरी तिब्बत पुग्नुभयो। त्यस बेला तिब्बतमा गहुँ खाने किराको प्रकोप उत्पन्न भएको थियो। श्री वांग पाउ हाईले यसबारे अध्ययन गर्ने जिम्मा लिनुभयो। उहाँको प्रयासमा उक्त प्रकोपको नियन्त्रण गरियो। तिब्बतमा बन र खेतीपातीको किरा प्रकोपको प्रभावकारी निवारण र नियन्त्रणका लागि त्यहाँ देखिने किरासम्बन्धी आधारभूत अवस्थाबारे स्पष्ट हुनुपर्छ। विभिन्न किसिमका किराहरुको छुट्टा छुट्टै बास स्थानबारे स्पष्ट हुनु पनि आवश्यक छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

             "किराको बासस्थानबारे स्पष्ट नहुने हो भने त्यहाँका किराहरुको किसिमबारे स्पष्ट हुन सकिदैन। र ती किराको असर राम्रो कि नराम्रो पनि स्पष्ट हुन सक्दैन। यस्तो अवस्थामा औषधी छर्किएवाट राम्रो प्रभाव पार्ने किरा र नराम्रो असर पार्ने किरा सबै मर्दछ।"

             त्यस बेला तिब्बतमा यसबारेको अध्ययन खाली देखिन्छ। श्री वांग पाउ

हाईले एघार वर्षसम्म तिब्बतका त्रिहत्तर जिल्लाका किराबारे चौतर्फी रुपमा निरीक्षण र अध्ययन गरी साठी हजारभन्दा बढी नमूना संकलन गर्नुभएको छ। यसका साथै उहाँले चीनको भित्री भागका सम्बन्धित् विशेषज्ञलाई सहयोग गरी चार हजार आठ सयभन्दा बढी किसिमका किराको अवस्थाबारे स्पष्ट पार्नुभएको छ। तीमध्ये नयाँ किसिमका किरा र तिब्बतमा मात्र देखिने किराहरुको किसिमको संख्या एक हजार दुई सय साठी वटा रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह