फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती किराका विशेषज्ञ वांग पाउ हाईबारे-2

(GMT+08:00) 2010-05-12 10:20:33

             एघार वर्षको कठिन निरीक्षणबाट श्री वांग पाउ हाईले किराबारे थुप्रै सामग्री पाउनुभएको छ। उहाँले छिंगहाई-तिब्बत पठारभूमि किराको एउटा नयाँ बास क्षेत्र रहेको धारणा प्रस्तुत गर्नुभएको छ। यसबाट चीनभित्र र बाहिरका विद्बानहरुमा ठूलो चासो जगाएको छ।

             श्री वांग पाउ हाई र तिब्बत स्वायत्त प्रदेशको कृषि वैज्ञानिक प्रतिष्ठानअन्तर्गत किराको अध्ययन केन्द्रका साथीहरुको सँयुक्त प्रयासमा तिब्बतमा आफ्नै किराको नूमना गृहको स्थापना गरियो। यसबारे जानकारी दिंदै तिब्बतको कृषि वैज्ञानिक प्रतिष्ठानअन्तर्गत किराको अध्ययन केन्द्रका उप अध्ययनकर्ता छिन रोंगले भन्नुभयोः

             "पहिले तिब्बतमा कुनै पनि किराको नमूना थिएन। अब विभिन्न किसिमका किराहरुको नमूना थुप्रै छन्। तिब्बतको आफ्नै विशेष किराहरुको किसिम विविध देखिन्छ। हामीले आफ्नो नमूना गृहको स्थापना गरेका छौं। यी किराको नमूनाबाट हाम्रो देशमा किराको विभाजनका लागि महत्वपूर्ण योगदान पुर्‍याइएको छ।"

             हालसम्म श्री वांग पाउ हाईले सात वटा ग्रन्थ छाप्नुभएको छ। पैंतालिस लाखभन्दा बढी अक्षर रहने ती ग्रन्थहरुमा दुर्लभै देखिने पुरी, अमूल्य प्राचीन किरा र दिनमा सुतेर रातमा निस्कने तिब्बती राती किरा आदि किराहरुबारे जानकारी दिइएको छ। उहाँको ग्रन्थमा पुरीको नमूनाहरुको संख्या चार सयभन्दा बढी पुगेको छ।

             सन् 1987 मा श्री वांग पाउ हाईले तिब्बतको पूर्वी भागमा पर्ने पहाडको निरीक्षण गर्नुभएको थियो। त्यहाँको उचाई समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो छ। अक्सिजन कम हुनुका साथै उहाँलाई थकाई र भोक पनि लाग्यो। भूइमा बसेपछि फेरी उठ्ने उहाँको शक्ति थिएन।

             अकस्मात, एउटा पहाडी पुरी सरलताका साथ उडिरहेको देख्नुभयो उहाँले। श्री वांग पाउ हाई तुरुन्तै फूर्तिलो हुनुभयो। उहाँले उठेर एउटा जाल लिएर त्यो पुरीलाई समात्न दौडनु भयो। त्यो पुरी बाठो थियो। हरेक पटक श्री वांग पाउ हाई नजिक पुग्नुभएपछि पुरी तुरुन्तै टाढा टाढा उड्दथ्यो। श्री वांग पाउ हाईफेरी अगाडी दौड्नुहुन्थ्यो । यसरी एक घण्टाभन्दा लामो समयसम्म दौड्दा दौड्दै श्री वांग पाउ हाईले बल्ल त्यो पहाडी पुरीलाई समात्नुभयो।

               यस्तो अग्लो ठाउँमा एउटा पुरीलाई समात्नका लागि यति ठूलो शक्तिको प्रयोग गर्नुको कुनै पनि महत्व नहुने केही मानिसहरुको ठहर छ। तर श्री वांग पाउ हाई यसलाई स्वीकार गर्नुहुन्न। 

              श्री वांग पाउ हाईले राती किराबारे गर्नुभएको निरीक्षणमा पुरीको निरीक्षणको तुलनामा अझ बढी कठिनाईको सामना गर्नुभएको छ। यसबारे पुनरावलोकन गर्दै श्री वांग पाउ हाईका सहकर्मी तिब्बतको कृषि वैज्ञानिक प्रतिष्ठानअन्तर्गत किराको अध्ययन केन्द्रका उप अध्ययनकर्ता छेरिन दोर्जेले भन्नुभयो:

              "राती किरा सधैं नै रातमा निस्कन्छ। तिनको नमूनालाई संकलन गर्नका लागि श्री वांग पाउ हाईले दिनमा गाडीमा सुत्ने र रातमा खेतीमा गएर किरालाई समात्ने गर्नुभएको थियो। त्यस कामको लागि उहाँले एक महिनासम्म रातमा सुत्नुभएको थिएन।"

              तीस वर्ष भइसक्यो। श्री वांग पाउ हाईको युवक जीवन बितिसक्यो। पठारभूमिको हावाले उहाँको मुखमा छाप लगाएको देखिन्छ। हिउँद ऋतुमा किराहरु भूमिमा लुकेर लामो समयसम्म सुत्ने गर्छन। किराको अध्ययनमा आसक्त श्री वांग पाउ हाई पनि बन र जंगलबाट कोठाभित्र फर्कनुहुन्छ। उहाँले सेतो हिउँ र हरियो पहाड देख्दा देख्दै अर्को बसन्तका लागि पर्खि रहनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह