फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती शास्त्री दावा छिरिङको बेलायत यात्रा-एक अनुभव-1

(GMT+08:00) 2010-05-20 13:35:07

               चीनको तिब्बती शास्त्री प्रतिनिधि मण्डलले गत नोभेम्बरमा बेलायतको भ्रमण गरेको छ। यसमा चीनका प्रसिद्ध तिब्बती शास्त्री दावा छिरिङ पनि एक जना सदस्य हुनुहुन्थ्यो। उहाँले एडिङ्गवर्तमा पर्ने नापिएर विश्वविद्यालयमा सम्बन्धित विशेषज्ञ तथा विद्बानहरुसँग आदान-प्रदान गर्दा तिब्बतको पर्यावरणीय संरक्षणबारे जानकारी दिनुभएको छ। यसका साथै उहाँले तिब्बतमा भएको परिवर्तन र प्राप्त गरिएको उपलव्धि आदि बिषयबारे पनि जानकारी दिनुभएको छ।

              श्री दावा छिरिङ तिब्बत स्वायत्त प्रदेश सामाजिक प्रतिष्ठानअन्तर्गत् वर्तमान तिब्बत अध्ययन केन्द्रका उप-अध्ययनकर्ता हुनुहुन्छ। बेलायतको भ्रमणमा उहाँले व्यक्त गर्नुभएका धेरै कुराहरु आफूले देखासुनेका हुन् भन्दै श्री दावा छिरिङले एकजना तिब्बती रहेको आफ्नो जीवनमा भएको परिवर्तन चाहिँ तिब्बतको विकासबारे देखाइने नमुना रहेको र आफू एक प्रतिनिधि-पात्र रहेको ठहर व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयोः

              "अठार वर्ष उमेर पुग्नुअघिसम्म म गाउँमा बस्थेँ। त्यसबेला म खेती किसानी गर्थेँ र विद्यार्थी पनि। गत शताव्दीको साठी र सत्तरीको दशकमा मैले खेतीपातीबाट फुर्सद पाउँदा विद्यालय गएर पढ्थेँ र विद्यालयबाट फर्केर पुनः खेतीपातीतर्फ नै लाग्दथेँ। मेरो जन्म शिकासेको पाई लान जिल्लामा भएको हो। त्यसबेला म जस्ता विद्यार्थी थुप्रै थिए। तिनताका तिब्बतको विकास समष्टिगत रुपमा ढिलो भएको थियो भने हाम्रो जीवन कठिन अवस्थामा थियो। त्यसबेला हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेको टन्न खानु र न्यानो लगाउनु नै थियो। खेतीपाती पनि हामी आफ्नै बल बुता र पशुहरूको सहयोगबाट गर्दथ्यौं।"

              श्री दावा छिरिङले चीनमा सुधार तथा खुलापन नीति लागु भएपछि तिब्बतको ग्रामीण क्षेत्रमा पनि स्पष्ट रुपमा परिवर्तन देखापरेको कुरा औँल्याउनुभएको छ। उहाँले भन्नुभयोः

                "विश्वविद्यालय जानुअघि मेरो घरमा बिजुली बत्ति थिएन। टुकी बालेर बस्नुपर्ने अवस्था थियो । विश्वविद्यालयबाट स्नातक भएको बेला म नयाँ घरमा सरेको थिएँ। हाम्रो आवास र घरेलु बस्तुहरुमा राम्रो परिवर्तन देखापरेको थियो। सन् 1986 मा म विश्वविद्यालयबाट स्नातक भएँ। गत शताव्दीको नब्बेऔँ दशकको शुरुवातमा हाम्रो गाउँमा बिजुली आयो। त्यसपछि टेलिभिजन र लुगा धुने मशिन आदि घरेलु विद्युतीय बस्तुको प्रयोग क्रमशः हाम्रो घरमा गर्न थालियो। गत केही वर्षयता हाम्रो गाउँमा टेलिफोनको पनि सुविधा भयो। अब हाम्रो जीवनस्तर ठूलो परिमाणमा बढेको देखिन्छ। हाम्रो परिवारको आफ्नै मोटर पनि छ। पहिले चालीस दिनसम्म गर्नुपर्ने खेतीपाती अहिले एक वा दुइ हप्ताभित्रै पूरा गर्न सकिन्छ। हाम्रो जीवनस्तरमा मात्र नभई त्यसको गुणस्तरमा पनि ठूलो परिवर्तन भयो। हाम्रो ग्रामीण क्षेत्रको विकास टड्कारो रुपमा भैरहेको छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह