फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चित्रकलाको माध्यमबाट तिब्बती संस्कृतिको प्रचार-प्रसार गर्ने निमा छिरिङबारे एक चर्चा-1

(GMT+08:00) 2010-06-30 15:41:55

                  चीनका एकजना प्रसिद्ध तिब्बती जातिका चित्रकार निमा छिरिङ दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको तिब्बती जातिको बसोबास स्थलका बासिन्दा हुनुहुन्छ। उहाँ चिनियाँ जन राजदैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्य पनि हुनुहुन्छ। स छुआन प्रान्तको साहित्य तथा इतिहास अध्ययन केन्द्रका प्रमुखका हैसियतले श्री निमा छिरिङले अल्पसङ्ख्यक जातीय क्षेत्रको निर्माण तथा विकासमा महत्वपूर्ण दृष्टि पुर्‍याइरहनुहुन्छ। यसका साथै उहाँले जातीय चित्रकला तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, बिँडो थाम्ने र विकास गर्ने कार्यका लागि पनि उहाँ अथक प्रयास गरिरहनुहुन्छ। चित्रमार्फत सारा विश्वसमक्ष तिब्बती संस्कृतिबारे जानकारी दिने कार्यमा पनि उहाँ सशक्त हुनुहुन्छ।

                 चित्रकार निमा छिरिङलाई निरन्तर रुपमा तीन पटक चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्यका रुपमा निर्वाचित गरिएको छ। गत मार्च महिनामा उहाँले तेह्र पटक चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा भाग लिनुभएको थियो। हरेक वर्षको अधिवेशनमा उहाँले सधैं नै जातीय क्षेत्रका सर्वसाधारणको आवास उठाउने गर्नुभएको छ। उहाँद्बारा प्रस्तुत थुप्रै मतमा सम्बन्धित सरकारी विभागले ठूलो महत्व दिएको छ। यसवर्ष उहाँले जातीय लोककलाको संरक्षण गरी प्रकोपपछिको पुनःर्निर्माणमा व्यापारीकरण हुनबाट जगाउने बिषयबारे एउटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। सन् 2008 मा स छुआन प्रान्तको वन छुआनमा भूकम्प गएपछिको पुनःर्निर्माणमा र विशेष गरी, आधारभूत प्रबन्धको निर्माणमा जातीय लोक संस्कृतिको संरक्षणमा ठूलो महत्व दिनुपर्ने कुरा औंल्याउनुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "नयाँ सामूहिक वास्तु निर्माणमा जातीय लोक कलाको संरक्षणमा महत्वपूर्ण नजर पुर्‍याउनुपर्छ। ती वास्तुको आकार तथा आकृतिको डिजाइन गर्दा वास्तविक प्रयोगका साथै त्यहाँ हजारौं वर्षसम्म चलेको आनीबानीबारे पनि विचार गर्नुपर्छ।"

               श्री निमा छिरिङले जातीय कला र जातीय संस्कृतिबारे यति ठूलो महत्व दिनुभएको कारण के हो त ? यो कलाबारे उहाँको अनौठो अनुभवसँग घनिष्ठ सम्बन्ध रहेको छ।

               सन् 1982 को पहिलो राष्ट्रिय अल्पसङ्ख्यक जातिको चित्रकला प्रदर्शनीमा श्री निमा छिरिङले कोर्नुभएको "कसार" नामक चित्रले स्वर्णपदक पाएको थियो। दशौं पेन्चेन अर्डेनी चोस्क्यीले उहाँको उच्च प्रशंसा गरी उहाँलाई "पेनचेनका चित्रकार" भन्ने नाम दिनुभएको थियो। तिब्बती चित्रकारका लागि यो सबैभन्दा गौरवको कुरा हो। त्यसबेला पेनचेनसँग गरेको कुराकानीको पुनःरावलोकन गरी श्री निमा छिरिङले भन्नुभयोः

          

     "पेनचेनले कुनै एक जाति पिछडिएको कुरामा कुनै डर मान्नु नपर्ने तर त्यो जातिको संस्कृति नभएको खण्डमा खतरा देखिने कुरा औंल्याउनुभएको थियो। तिब्बती जातिले चीनको हान जाति र अन्य जातिका उत्तम सांस्कृतिक कारकतत्वबारे सिकेर आफ्नै संस्कृतिको विविधता र विकास गर्नुपर्ने आग्रह पनि उहाँले गर्नुभएको थियो। उहाँका अनुसार हान जातिको संस्कृति र पश्चिमी मुलुकको चित्रकलाबारे सिकेकाले मैले चित्रमार्फत तिब्बती जातिको रीतिरिवाज तथा चित्रकलाको बानीलाई देखाउनुपर्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह