फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चित्रकलाको माध्यमबाट तिब्बती संस्कृतिको प्रचार-प्रसार गर्ने निमा छिरिङबारे एक चर्चा-2

(GMT+08:00) 2010-07-07 18:41:20

                   पेन्चेन लामासितको कुराकानीले श्री निमा छिरिङको जीवनमा गहिरो प्रभाव पारेको छ। त्यसपछि जातीय संस्कृतिको विकास र विस्तार गर्नु नै श्री निमा छिरिङको जीन्दगीमा रहने मुख्य प्रयास बनेको छ। सन् 1993 को शरद ऋतुमा उहाँले दशौं चित्र लिएर आफ्नो देशबाट बाहिर गई अमेरिकामा चित्रकला प्रदर्शनीको आयोजना गर्नुभएको थियो। तिनताका अमेरिकी सरकार, सञ्चार माध्यम र सांस्कृतिक क्षेत्रबाट आएका दुई सयभन्दा बढीले उहाँको चित्रकला प्रदर्शनीको अवलोकन गरेका थिए। तिनताका अमेरिकाका लागि चिनियाँ काउन्सिलर अर्थात चीनका वर्तमान परराष्ट्र मन्त्री याङ चे छले श्री निमा छिरिङको चित्रकला प्रदर्शनीको उद्‍‍घाटन समारोहको अध्यक्षता गर्नुभएको थियो। अमेरिकाका थुप्रै सञ्चार माध्यमले श्री निमा छिरिङसँग अन्तर्वार्ता लिएका थिए। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                 "तिनीहरुमा तिब्बतीहरुको विचारबारे जानकारी लिने इच्छा रहेको मैले पाएँ। अमेरिकी सञ्चार माध्यमका पत्रकारले मसँग धेरै तीखा प्रश्न सोधेका थिए। दलाई लामाबारे कुरा उठाउँदै मैले उसको विरोध गरेको भनी जवाफ दिएँ। सात सय वर्षअघि तिब्बतीहरुको धार्मिक नेतागण निश्चित गरिएको थियो। चीनको भित्री भागका अन्य क्षेत्रसँग मेलमिलाप भएर मात्र तिब्बती जातिको अस्तित्व र विकास हुनसक्छ। यो बुद्धिमानी कुरा हो।"

                 श्री निमा छिरिङ अमेरिकाबाट फर्कनुभएपछि आफ्ना चित्रहरु लिएर विश्वका विभिन्न ठाउँमा गएर चित्रको विशेष कला भाषामार्फत सारा विश्वसमक्ष तिब्बतबारे जानकारी दिनुभएको छ। सन् 2009 मा उहाँले चेक आदि पूर्वी युरोपेली मुलुकको भ्रमण गर्नुभएको थियो। चेकको रमणीय प्राकृतिक दृश्य र विशेष रीतिरिवाजले उहाँमा गहिरो छाप पारेको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "त्यो मुलुक ज्यादै सुन्दर देखिन्छ। त्यहाँको घाम, वास्तुकला र प्राचीन संस्कृतिले मलाई लोभ्याएको छ। विश्वका विभिन्न मुलुकका जनता चीन आउने अवसर पाउनसक्ने मेरो इच्छा छ। तिनीहरुले ग्रेटवल र तिब्बतको पोताला दरबारको अवलोकन गर्न पाउँछन्। कुनै एउटा जातिबारे बढी जानकारी लिएको खण्डमा त्यससँग सह-अस्तित्व हुन सक्छ।"

               यसवर्षको मार्च महिनामा आयोजित चीनका दुईवटा महत्वपूर्ण अधिवेशनबारे चर्चा गर्दा श्री निमा छिरिङले प्रधानमन्त्री वन च्या पाउद्बारा प्रस्तुत गरिएको सरकारी कार्य प्रतिवेदनबाट आफूले धेरै अनुभव प्राप्त गरेको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

              "प्रधानमन्त्री वन च्या पाउले राम्रो कुरा भन्नुभयो। कुनै जातिको संस्कृतिबाट त्यसको भावना छर्लङ्ग देखिन्छ। कुनै जातिलाई वास्तविक रुपमा शक्तिशाली पार्ने निर्णयात्मक कारक तत्व पनि यो नै हो। त्यसैले हाम्रो देशको सामूहिक विकासका लागि जातीय संस्कृतिको विकासमा समर्थन दिनुपर्छ। हामी अल्पसङ्ख्यक जातिले देशबाट हेरचाह पाउनुका साथै आफ्नो संस्कृतिको विकासका लागि पनि प्रयास गर्नुपर्छ।"

               तिब्बती भाषामा निमाको अर्थ सूर्य हो। श्री निमा छिरिङको मनमा कला चाहिं सूर्य नै हो। तर कुनै पनि समय र कुनै पनि ठाउँमा आफ्नो जीउ-ज्यानको तुलनामा मातृभूमिको प्रतिष्ठा र गौरव अझ महत्वपूर्ण हुन्छ। एकजना चिनियाँ, एकजना तिब्बती चित्रकार र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका एकजना अल्पसङ्ख्यक जातीय सदस्यका हैसियतले उहाँले जीन्दगीमा जातीय संस्कृतिका कार्यका लागि प्रयास गरी तिब्बती संस्कृतिलाई अझ राम्ररी विश्वमा प्रवेश गराउनुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह