फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती सर्वसाधारणका लागि कल्याण सिर्जना गर्ने अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपबारे एक चर्चा 2

(GMT+08:00) 2010-08-11 17:34:08

               चीनमा धार्मिक क्षेत्रका देशभक्तहरूले शासनबारे छलफल गरी यसमा भाग लिनुका दुईवटा महत्वपूर्ण अर्थ रहेका छन्। एक तिनीहरूले सामान्य नागरिकाका हैसियतले राष्ट्रिय राजनैतिक भवनमा भाग लिनु हो। र दोस्रो कुरा तिनीहरूले धार्मिक क्षेत्रका प्रतिनिधिका रुपमा राष्ट्रिय राजनैतिक भवनमा भाग लिनु हो। अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्यका हैसियतले तिब्बती बौद्ध धर्मको धार्मिक संस्कृतिको संरक्षण, धार्मिक क्षेत्रको आफ्नै गुण-स्तरको निर्माणको सबलीकरण र तिब्बत स्वायत्त प्रदेशको वन्यजन्तु संरक्षण आदि बिषयबारे थुप्रै सुझाव प्रस्तुत गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले यी सुझावमा ठूलो महत्व दिएर छिटै नै सम्बन्धित कदम चालेको छ। चीन सरकारले धार्मिक क्षेत्रमा दिएको महत्वबाट आफ्नो काँधमा आएको जिम्मेवारी निकै महत्वपूर्ण रहेको आफ्नो ठहर रहेको छ भन्दै अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपले भन्नुभयोः

               "जाति र धर्मबारे हाम्रो चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान नीति ज्यादै राम्रो छ। व्यापक धर्मावलम्बीहरूले धार्मिक विश्वासको स्वतन्त्रताको उपभोग गरिरहेका छन्। नाक्यु क्षेत्रका सर्वसाधारण र इष्टमित्रहरूले सधैँ नै मसँग भेट्न आउँछन्। भित्री भागका धेरै मित्रहरूले पनि मसँग भेट्ने गरेका छन्। तिब्बतमा सबभन्दा व्यस्त रहेका मानिसहरूमध्ये म पनि एक हुँ जस्तो लाग्छ। म चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन तिब्बत स्वायत्त प्रदेश समितिको उपाध्यक्ष हुँ। यसका साथै मैले चीनको धार्मिक परिषदको तिब्बती शाखाको सम्बन्धित काम पनि गर्दछु। यसका अतिरिक्त म आफैंले एघार वटा गुम्बाको व्यवस्थापन पनि गर्नुपर्छ। मेरो फुर्सदको समय निकै कम छ।"

                 तिब्बतका प्रसिद्ध अवतारी लामाका हैसियतले बौद्ध धर्मको अन्तर्राष्ट्रिय आदान-प्रदानलाई सबल पार्ने उद्देश्यले श्री तुप्काङ्ग टुप्डेन केतुपले धेरै पटक विदेश भ्रमण पनि गर्नुभएको छ। उहाँले म्यानमार, थाइल्याण्ड, मलेशिया, जापान, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, स्वीडेन र बेल्जियमलगायत सोह्रवटा मुलुकको भ्रमण गर्नुभएको छ। सन् 2005 को सेप्टेबरमा उहाँले चीनको तिब्बती बौद्ध धर्म प्रतिनिधि मण्डलको नेतृत्व गरी अस्ट्रेलियाको भ्रमण गर्नुभएको थियो। यसबारे जानकारी दिंदै उहाँले भन्नुभयोः

                 "मेरो सबैभन्दा लामो भ्रमण अस्ट्रेलियाको भ्रमण हो। त्यस भ्रमणका अवसरमा मैले संसद भवनमा धर्म ग्रन्थबारे व्याख्या गरेको थिएँ। त्यहाँको माथिल्लो र तल्लो सभाका धेरै सांसदहरूले त्यसमा भाग लिएका थिए। त्यहाँ बसोबास गर्ने चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरू पनि आएका थिए।"

                  सन् 1955 मा जन्मेका अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपले तिब्बतको प्रजातान्त्रिक सुधारको पूर्ण प्रक्रिया देख्नुभएको छ। गत पचास वर्षमा तिब्बत स्वायत्त प्रदेशमा काँजुली फेरिए झैं गरी अत्यन्तै ठूलो परिवर्तन देखिएको छ भन्दै अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपले भन्नुभयोः

                 "नाक्यु क्षेत्रमा पहिले राजमार्ग, बिजुली आपूर्ति र विद्यालय आदि कुनै पनि थिएनन्। पहिले त्यहाँ डाक्टर पनि थिएनन्। अब चिनियाँ डाक्टर हुनुका साथै पश्चिमी चिकित्सासम्बन्धी डाक्टर पनि छन्। त्यहाँ जताततै अग्ला भवनहरू देखिन्छन्। त्यहाँ बसोबास गर्ने पशुपालकसँग मोबाइल फोन पनि छ। कोहीको आफ्नै कार पनि छ। पहिलेको तिब्बत र हालको तिब्बतमा आकाश-पातालको अन्तर रहेको देखिन्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह