फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन विकासबाट तिब्बती सर्वसाधारणको जीवनमा व्यापक परिवर्तन 1

(GMT+08:00) 2010-08-18 10:05:08

                विश्वका विभिन्न ठाउँका पर्यटकलाई लोभ्याइरहने हिउँदे टारभूमि तिब्बतको विशेष प्राकृतिक दृ्ष्य हुन्छ। त्यहाँको तिब्बती संस्कृतिको आफ्नै विशेषता पनि छ। गत केही वर्षयता तिब्बतको रीतिरिवाजयुक्त पर्यटकबाट तिब्बती सर्वसाधारणको जीवनमा ठूलो परिवर्तन ल्याइएको छ।

                तिब्बतको पर्यटन ऋतु नजिकिँदै आइरहेको परिप्रेक्ष्यमा तिब्बतको सदरमुकाम ल्हासा शहरको छङ्ग क्वाङ्ग लोक तिब्बती नाटक मण्डलीका कला निर्देशक लोसाङ्ग छिरिङ निकै व्यस्त हुनुहुन्छ। उहाँ हरेक दिन बिहान उठेपछि आफ्नो घर नजिकको न्याँराईन तिब्बती नाटक मण्डलीमा गएर आफ्नो अभिनयको तयार गर्न थाल्नुहुन्छ। पहिले आफ्ना इष्टमित्रसँग भेट्दा रमाइलो पार्नका लागि गाएको तिब्बती नाटकबाट अब आफूलाई खुसी पार्ने र आम्दानी पनि गरेको कुराबारे उहाँले यसअघि सोच्नै भएन। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः 

            

    "पहिले हाम्रो गाउँबस्तीका हामी बासिन्दाहरू औंकोर महोत्सव मनाउँदा मात्र हामीले तिब्बती नाटक हेर्न जान्थ्यौँ। अन्य धेरैजसो समय हामी खेतीपाती मात्र गरेर बस्ने गर्दथ्यौँ। अब तिब्बतको पर्यटन विकसित हुँदै आएको छ। हामीले विभिन्न टोलीको गठन गरेर विभिन्न ठाउँमा गएर तिब्बती नाटक देखाएबाट धेरै आम्दानी गरेका छौं। वास्तवमा एकै चोटी केही घण्टासम्म नाचगान गर्न अत्यन्तै थकाइ लाग्छ हामीलाई। तर दर्शकले हाम्रो अभिनयको निकै प्रशंसा गर्दछन्। कहिले काहीं कोहीकोही त मञ्चमा आएर हामीसँगसँगै नाचगान पनि गर्छन्। त्यसैले हामीलाई खुसी पनि लाग्छ।"

 

                  ल्हासा शहरको न्याँराईन गाउँबस्तीमा हावापानी निकै ताजा र स्वच्छ छ, वातावरण शान्त छ, रीतिरिवाज विशेष छ, त्यहाँका धेरै प्रसिद्ध दृश्यावलोकन स्थल पनि छन्। सन् 2003 मा तिब्बतको पर्यटन व्यवसाय विकसित हुँदै आएको हाराहारीमा त्यहाँ एउटा रीतिरिवाज उद्यानको निर्माण गरियो। पाँच करोड चिनियाँ युआनको लगानीबाट निर्माण गरिएको सो उद्यानमा खाने, बस्ने र मनोरञ्जन गर्ने विभिन्न चासोलाई पूरा गर्न सकिन्छ। यसमा तिब्बती रीतिरिवाजको अनुभव पनि गर्न सकिन्छ।

                   सन् 2009 मा न्याँराईन रीतिरिवाज उद्यानको आम्दानी छब्बीस लाख चिनियाँ युआन पुगेको थियो। त्यसवरिपरि बस्ने किसान र पशुपालकले सो उद्यानमा आयोजना गरिने पर्यटन कार्यक्रममा भाग लिने तथा सेवा प्रदान गर्ने गरेका छन्। यसका साथै तिनीहरुले सो उद्यानमा आफूद्बारा बनाइएको दही र सागसब्जीको प्रत्यक्ष बिक्री गर्ने पनि गरेका छन्। यसबाट गतवर्ष ती सर्वसाधारणको आम्दानीको वृद्धि नौ लाख बीस हजार चिनियाँ युआन पुगेको थियो। सो

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह