फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासा शहरमा तिब्बती जातिको परम्परागत विवाह समारोह 2

(GMT+08:00) 2011-01-11 14:43:38

                  उत्साहजनक पाहुनाहरुले ती दम्पतीलाई सेतो खादा तथा मिठो रक्सी प्रदान गरी उनीहरुको सुखमय जीवन रहोस् भन्ने शुभकामना दिएका छन्। यस बेलामा तिब्बती युवती जोमाले ती दम्पतिको सामु हिंडेर तिनीहरुलाई रक्सी चियर्स गर्दै गीत गाएकी छिन:

                 आज एउटा सौभाग्यको दिन हो। आज विवाह गर्नका लागि एउटा राम्रो साइतको दिन हो। यस्तो राम्रो दिनमा ती दम्पतीलाई सौभाग्य मिलोस् तथा हातमा हात मिलाएर बुढेसकालसम्म साथै रहून् भन्ने शुभकामना मैले दिएकी छु।

                 मिठो गीत तथा रक्सीको साथमा पाहुनाहरुले विवाह समारोहमा खुसीका साथ मनोरञ्जन गरेका छन्।

                 तिब्बती जातिको प्रेम तथा विवाह प्रचलनको जातीय तथा भौगोलिक विशेषता रहेको छ। यसका साथै त्यसको परम्परागत तथा आधुनिक छवि पनि छ।

                 आजसम्म परम्परागत विवाहमा कतिपय आधुनिक कारकतत्व थपिएको छ। उदाहरणका लागि, नाताको स्वागत गर्दा कारको प्रयोग गरिन्छ। खाना बुफेट हो। विवाह गरेपछि हनिमून मनाउन कतै जानु

आदि। तत्स्थान आएका युवा-युवतीहरु उत्साहजनक तथा फेशनमा रहेका छन्। तिनीहरुले बेहुला तथा बेहुलीलाई खादा प्रदान गरी रक्सी चियर्स गरेका छन्।

                 तिब्बती युवक पासाङ भन्छन्,पछि म विवाह गर्ने बेलामा उनीहरु जस्तै परम्परागत विवाह समारोहको आयोजना गर्नेछु। मेरी श्रीमतीलाई सँगै लगेर हनिमूनका लागि पर्यटन गर्ने विचार गरेको छु।

                हान जातिका युवती चाङ च्वेन भन्छिन, यस्तो भव्य तथा रमाइलो जातीय विवाह समारोहमा सहभागी हुन पाएकोमा मलाई धेरै खुसी लागेको छ। म विविध नाचगान कार्यक्रम, परम्परागत तिब्बती खाना तथा धेरै सुन्दर तिब्बती पोशाक बिर्सन सक्दिनँ।

                ती नयाँ दम्पतीको विवाह समारोह कायम भएको छ। उनीहरुको विवाह समारोह तीन दिनसम्म चल्नेछ। विवाह समारोहको तत्स्थानमा बृद्ध छ्याङ पा तथा उहाँकी श्रीमती छोमुले उभिएर गिटार बजाउँदै मीठो तिब्बती गीत गाएर विवाह समारोहलाई अझ रमाइलो पारेका छन्।

                बेहुली दचि सु:खी वातावरणमा बसिरहेकी छिन्। उनलाई आफू विश्वमा सबैभन्दा सुखी तथा सबैभन्दा खुसी भएकी बेहुली भएको लागेको छ। उनी भन्छिन,

                हाम्रो विवाह समारोहमा परम्परागत समारोहको सम्मान गरिन्छ। यसका साथै बुवा-आमाको निर्देशनमा हाम्रो मनमा परम्परागत विवाह समारोहप्रतिको छाप गहिरो हुनेछ। भविष्यमा हामीले आफ्ना छोरा-छोरीलाई सिकाउन सक्ने छौं। यो एकदम आवश्यक हो।

                 बृद्धा छ्याङ बा भन्छन्, मैले विवाह गर्दा वर्तमान वातावरण थिएन। हामीले सरल विवाह समारोहको आयोजना गरेका थियौं। अहिले विवाह समारोहका विविध तरिका छन्। तथापि हाम्रा छोरा-छोरीले परम्परागत तरिका छानेका छन्। यसो गरेपछि उनीहरुको सन्तानले यस परम्पराको निरन्तर रुपमा बिंडो थाम्ने छन्। त्यसैले मलाई धेरै खुसी लागेको छ। यो जोडीलाई धेरै नै शुभकामना दिन चाहन्छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह