फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे टारभूमिको ज्ञान भण्डार-तिब्बतको ज्योतिष शास्त्र 1

(GMT+08:00) 2011-03-09 20:12:08

                 छिङहाई तिब्बत टारभूमिमा बसोबास गर्ने तिब्बती जनताले आफ्नो मेहनत तथा बुद्धिमत्ता विचारमार्फत स्वजातिको विशेष ज्योतिष शास्त्रको सिर्जना गरेको छ। तिब्बतको ज्योतिष शास्त्रको विशेष तरिका छ। त्यसमध्ये खगोल विद्या, भूगोल, तिब्बती चिकित्सा, कृषि लगायतका धेरै ज्ञान समावेश छन्। त्यसो भएको हुनाले तिब्बतको ज्योतिष शास्त्रलाई तिब्बतको ज्ञान भण्डार मानिन्छ। आजको चीनको तिब्बत नियमित कार्यक्रममा हामी तिब्बतको रहस्यपूर्ण ज्योतिष शास्त्रबारे जानकारी दिनेछौं।

               तिब्बती अस्पतालमा एउटा विशेष संस्था "मन च खाङ" छ। तिब्बती भाषामा मन च खाङ भनेको तिब्बती चिकित्सा, तिब्बती औषधी तथा ज्योतिष शास्त्र सम्बन्धी विशेष संस्था हो। तिब्बती अस्पताल अन्तर्गत ज्योतिष शास्त्र अनुसन्धानालयका उप-प्रमुख छ तो जानकारी दिँदै भन्छन्,

              मन भनेको तिब्बती चिकित्सा तथा तिब्बती औषधी हो। च भनेको ज्योतिष शास्त्र र खाङ भनेको प्रतिष्ठान हो।

              मन च खाङ , यस विषयले व्यापक रुपमा तिब्बती क्षेत्रको खेती गर्ने कामका लागि निर्देशन दिने महत्वपूर्ण भूमिका खेल्छ। किसान तथा पशुपालकहरु यस्तो विषय मन पराउँछन्। हरेक वर्ष धेरै किसान तथा पशुपालकहरु यही विषय पढ्न ल्हासा जान्छन्। ज्योतिष शास्त्र अनुसन्धानालयले यस किसिमको पढाइ निशुल्क र पार्ट टाइम रुपमा पढाउँछ। अहिलेसम्म ज्योतिष शास्त्र अनुसन्धानालयले करिब पाँच सय जना योग्य व्यक्तिलाई तालिम दिएको छ। यसका साथै तिब्बत स्वायत्त प्रदेश सरकारले ज्योतिष शास्त्रको अनुसन्धान कार्यलाई धेरै महत्व दिएको छ। सन् 2007 देखि तिब्बत स्वायत्त प्रदेश सरकारले तिब्बती अस्पतालमा ज्योतिष शास्त्र सम्बन्धी तालिम कक्षाको स्थापना गरी ज्योतिष शास्त्रको अनुसन्धान सम्बन्धी योग्य व्यक्तिलाई भर्ती गर्दै आएको छ। सन् 2009सम्म बयालीस जना उत्कृष्ठ विद्यार्थी स्नातक उत्तीर्ण भएका छन्। श्री छ तो भन्नुहुन्छ, 

                हाम्रो स्वायत्त प्रदेशको तिब्बती चिकित्सा इन्स्टिच्यूटले केही खेपका विद्यार्थीहरुलाई तालिम दिएको छ। यसका साथै विभिन्न क्षेत्रमा तिब्बती अस्पतालको स्थापना गरिएको छ। हामीले विशेष गरी तीन वर्षसम्म उनीहरुलाई पढाएका छौं। तिनीहरु कलेजबाट स्नातक भएका विद्यार्थी हुन्। उनीहरु युवा हुनुका साथै उनीहरुमा ज्योतिष शास्त्रको ज्ञान पनि छ।

              हजार वर्षको इतिहास भएको तिब्बतको ज्योतिष शास्त्रमा चीनको मुख्य भूमि तथा भारतको सम्बन्धित ज्योतिष शास्त्र मिसेको छ। त्यसले वर्ष, महिना, मितिको रिकर्ड गर्नुका साथै खगोल दृश्य घटना, मौसमको प्रवृति तथा दैवि प्रकोपको अनुमान गर्नसक्छ। त्यसले विभिन्न क्षेत्रमा भएको खेती तथा पशुपालनका लागि निर्देशन दिनुका साथै विभिन्न ऋतुमा सयौं प्रकारको चिनियाँ जडिबुटी औषधी तथा तिब्बती औषधीको संकलन गर्ने ज्ञान पढाउँछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह