फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विवाह नीतिबारेमा जानकारी पहिलो

(GMT+08:00) 2009-11-09 19:14:25

       चीनमा एकजना पुरुषले एक जना महिलासँग मात्र विवाह गर्न सक्छन्। चीनका पैंतीस करोड परीवारहरुमध्ये धेरैजसो प्रेम-विवाहका आधारमा वैधानिक अथवा कानूनी तरिकाले पारीवारिक जीवनमा आबद्ध भएका छन्। यी परीवारका सदस्यहरु बीचको सम्बन्ध समानतामा आधारित हुन्छ र महिलाले पनि धन र सुरक्षा सम्बन्धी अधिकारको व्यापक उपभोग गर्नसक्छन्।

    सन् 2001 को अप्रिल महिनामा, चीनको राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिले संशोधित "विवाह ऐन" वितरण गरेको थियो। नयाँ "विवाह ऐन"मा आफ्नो विवाह मौजुद रहेको अवस्थामा अर्कासँग विवाह गर्ने, लोग्ने वा स्वास्नीमध्ये कसैले पनि अर्को मानिससँग बसोबास गर्ने र परिवारमा श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने कार्यलाई निषेध गरिएको छ। साथै सो ऐनमा अवैधानिक विवाहको व्यवस्था र लोग्ने-स्वास्नी बीच झगडा भएको अवस्थामा अंश सम्बन्धी व्यवस्थालाई पनि पूर्णता दिइएको छ। ऐनमा अरुको परीवारलाई भाँड्ने व्यक्तिलाई कडा दण्ड-सजायको व्यवस्था गरिएको छ। सो ऐनले कानूनको दृष्टिकोणबाट परिवारमा महिलाहरुको स्थानको संरक्षण गरेको छ।

    परिवारमा समानतामा आधारित, मिलनसार र राम्रो सम्बन्धको स्थापनाका लागि चीनले लामो समयदेखि "पाँचवटा उत्तम परीवार बन्ने" गतिविधि चलाउँदैआएको छ। यसका आधारमा चीनमा अठारवटा सरकारी र गैर-सरकारी संगठनद्बारा गठित "देशभरिका पाँचवटा परीवार सम्बन्धी तारतम्य मिलाउने टोली"को गठन पनि गरिएको छ। यसले चीनले पाँचवटा उत्तम परीवारको स्थापना गर्ने गतिविधिलाई राष्ट्रिय आर्थिक र सामाजिक विकास तथा भावनात्मक निर्माणको समष्टिगत योजनामा राखेको छ। सन् 2000 मा अखिल चीन महिला संघ र राष्ट्रिय तथ्यांक ब्यूरोद्बारा संयुक्त रुपमा गरिएको चीनका महिलाको सामाजिक स्थान सम्बन्धी एक सर्भेक्षणको नतिजाले चीनका शहर र ग्रामीण क्षेत्रका 93.2 प्रतिशत महिलाहरु आफ्नो वैवाहिक जीवनदेखि "निकै सन्तुष्ट" देखिएको कुरा उल्लेख गरेको छ।

    चीन सरकारले परिवार नियोजनलाई एक मूलभूत राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्दैआएको छ। चीनल सरकारले नीतिगत मार्ग निर्देशन गर्ने र सर्वसाधारणहरुले स्वेच्छानुसार नै यो परिवार नियोजन कार्यक्रमलाई अघि बढाइरहेका छन्। सरकारले मार्ग निर्देशन गर्ने भनेको केन्द्रीय सरकार र स्थानीय सरकारले जनसंख्याको वृद्धिमा नियन्त्रण गर्ने, जनसंख्याको गुण-स्तरलाई माथि उकास्ने र जनसंख्याको बनौटमा सुधार ल्याउने नीति, ऐन र नियम तथा समष्टिगत रुपमा जनसंख्याको विकास गर्ने योजनाको तर्जुमा गर्नुका साथै सबै दम्पतिहरुलाई प्रजनन् सम्बन्धी आरोग्यता, गर्भनिरोध र स्वस्थ बच्चाको प्राप्ति जस्ता कुराहरु सम्बन्धी परामर्श, निर्देशन तथा प्राविधिक सेवा दिने रहेको छ भने सर्वसाधारणले स्वेच्छानुसार गर्ने भनेको बच्चा जन्माउने उमेर पुगेका दम्पतिले सम्बन्धित नीति र ऐन तथा नियमको निर्देशनमा आ-आफ्नो उमेर, स्वास्थ्य, पेशा र पारिवारिक स्थितिअनुसार जिम्मेवारीका साथ योजनाबद्ध रुपमा गर्भधारण गर्ने र बच्चा जन्माउने सम्बन्धी व्यवस्था मिलाउने साथै आफूलाई अनुकूल हुने खालको गर्भनिरोधको तरीका छान्ने भन्ने रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह