फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताहरुबाट आएको शुभ कामना

(GMT+08:00) 2009-11-09 19:19:48
सी.आर.आई नेपाली सेवा स्थापना भएको 34 औं वार्षिकोत्सवको उपलक्ष्यमा व्यापक नेपाली श्रोताहरुले हामीलाई बधाइ संदेश पठाउनुभएको छ। सी.आर.आई श्रोता क्लवहरु राष्ट्रिय परिषदका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले नेपाली सेवालाई शुभ कामना गर्दै भन्नुभयो- चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट नेपाली भाषामा प्रसारणको शुभारम्भ सन् 1975 को जून पच्चिस तारिखका दिन भएको थियो । हाल यस भाषामा हरेक दिन शर्ट वेभ र मिडियम वेभबाट जम्मा चार घण्टा प्रसारण भइरहेको छ । बितेका तेतीस वर्षभन्दा बढी समयमा नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिनदिनै बढ्दो छ । श्रोताहरुको तत्परतामा स्थापित सी. आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालले श्रोताहरुलाई नेपाली सेवासित सम्पर्क गराउने र नेपाली प्रसारणको प्रचारप्रसार गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सी.आर.आई. श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका महासचिव दुर्गा घिमिरेले हामीलाई पठाउनुभएको इमेलमा चौतिसौं वार्षिकोत्सवको अवसरमा सी.आर.आई. नेपाली विभाग तथा सबै पदाधिकारीहरु र चिनियाँ जनताको सुख, समृद्धी, सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भन्नुभयो-। सी. आर. आई. श्रोता क्लवहरुको राष्ट्रिय परिषद्को केन्द्रीय सदस्य एवं पोखरा सी. आर.आई. श्रोता क्लबका संस्थापक मेल्सम ओझा, सी. आर. आई. श्रोता क्लवहरुको रा ष्ट्रिय परिषद्, नेपालका साँस्कृतिक विभाग प्रमुख मान बहादुर खत्री र सन्तपुर (म) चितवन, रौतह 7, नारायणीको श्री शैलेस्थान सी.आ.आई मैत्रि क्लवका अध्यक्ष भूपाल दास श्रेष्ठले नेपाली सेवालाई पनि आ-आफ्नो शुभ कामना पठाउनुभएको छ। हाल वृटेनको लण्डनमा बस्नुभएको विशणु बाबु पौडेल र उहाँकी चिनियां श्रीमति उषाले नेपाली सेवा स्थापना भएको 34 ‌‌औं वार्षिकोत्सवको अवसरमा हामी र विश्वका विभिन्न मुलुकमा बसेका सी.आर.आई नेपाली सेवाका श्रोता जस्तै खुशी भएको कुरा व्यक्त गर्नुभएको छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह