फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकालु सि.आर.आई.श्रोता कलवबाट आएको एउटा पत्र

(GMT+08:00) 2009-11-09 19:23:12

श्रीमान संचालक ज्यू

सि.आर.आई.,नेपाली विभाग बेइजिङ्ग, चाइना विषय-पेइचिङ्ग ओलम्पिक ज्ञानविज्ञान प्रतियोगितामा सहभागी बनेको वारे ।

आज बहु प्रतियोथगिता पेइचिङ्ग ओलम्पिक खेलकुदले दुनियाँको नजर पेइचिङ्गतिर आकर्षित गरिरहेको छ । चीन सरकारले अवलम्बन गरको मेलमिलाप युक्त समाज निर्माण गर्ने नीतिलाई यस खेलकुदले थप बल पुर्याउने कुरा निर्विवाद छ । अहिले हरेक चिनिया जनताको नसा नसामा पेइचिङ्ग ओलम्पिक प्रवाह भइरहेको छ । लाग्छ , सिंगै चीन पेइचिङ्ग ओलम्पिक सफल पार्न जुरुक्कै उठेर लागिपरेको छ ।

पाँच लाख साठी हज्जार स्वयंसेवकहरुले आफ्नो नाम दर्ता गरिसकेको कुराले यस कुराको पुष्टि गर्दछ । शुभकामना छ चीन सरकार, पेइचिङ्ग ओलम्पिक खेलकुद संयोजन समिति र चिनियाँ जनतालाई पेइचिङ्ग ओलम्पिक सफलताको लागि । रेडियोमा पेइचिङ्ग ओलम्पिक ज्ञान विज्ञान प्रतियोगिताका लेखहरु सुनेर त्यस संग सम्वनिधत आठवटा प्रश्नको जवाफ पठाएको छु ।

प्रतियोगितामा समावेश गरिदिनुहुन अनुरोध छ। यस अघि पनि रेडियोमा प्रसारित लेखहरु सुनेर केहि अधुरो रुपमा तत्काल इ-मेल पठाइको थिएँ तर आजकै मितिमा 70 थान यो ज्ञानविज्ञान प्रतियोगिताको प्रश्न पत्र र 12 थान निशूल्क खामहरु हुलाक माफत प्रप्त भएको वहोरा सहर्षृ जानकारी गराउँद छु र रेडियो सुनेर चिनिया शब्दहरु टिप्न कठिनाई भएकोमा सोही प्रश्न पत्रको मदतबाट उत्तर लेख्न आज सजिलो भएकोले पुन पुर्ण रुपमा उत्तरहरु संयोजन गरी इ-मेल गरेको छु । प्रतियोगितामा यसलाइ समावेश गररिदिन हुन सादर अनुरोध छ ।

मकालु सि.आर.आई.श्रोता कलव ,खाँदवारी-10, संखुवासभा अध्यक्ष :मकालु सि.आर.आई. श्रोता क्लव खाँदवारी , संखुवासभा ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह