फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्षिकोत्सवको शुभकामना

(GMT+08:00) 2009-11-09 19:24:45
 चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले नेपाली भाषामा कार्यक्रम प्रसारण गर्न थालेको आगामी जुन 25 तारीखमा 35औं वर्षमा प्रवेश गर्दैछ । यस सेवाले 34औं गरीमामय वर्षहरु पूरा गरी 35औं वर्ष प्रवेश गरेको अवसरमा चिनियाँ अन्र्तराष्टि्रय रेडियो नेपाली सेवाका सम्पुर्ण कर्मचारीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । नेपाली सेवालाई आजको विकसित, अत्याधुनिक एवं भरपर्दो अवस्थामा ल्याउनको लागि आदरणीय दाजु तथा दिदीहरुको योगदानलाई हृदयदेखि नै प्रशंसा नगरी रहन सकिदैन । उहाँहरुको अहोरात्र तपश्या तथा मेहनतको कारणले गर्दा नै सि.आर.आई. नेपाली सेवा आज विश्वभर छरिएर रहेका नेपाली श्रोताहरुको मुटुको धड्कन बन्न सफल भएको छ ।

रेडियोका तरङहरुबाट मात्र सुन्न सकिने चिनियाँ बन्धुका सरल, सुरिला एवं सुमधुर ध्वनीहरु इन्टरनेटबाट पनि सुन्न सकिने भएको छ । समयको छलाङसँगसँगै नेपाली सेवाका कार्यक्रमहरुले दिनप्रतिदिन संख्यात्मक मात्र नभएर गुणत्मक फड्को मार्दै गएको आभास भइरहेको छ । यसले आगामी दिनहरुमा आफ्नो भूमिकालाई रेडियो प्रसारण तथा इन्टरनेटको साथसाथै विविध क्षेत्रमा पनि विस्तार गर्ने छ र सम्पुर्ण नेपाली भाषीहरु यस रेडियोको शुभचिन्तक बन्ने छन् । कुनै दिन सी.आर.आई. जहाँतही र जो सुकैको मन मस्तिष्क भित्र पनि फराकिलो बनेर बस्ने छ । यहि नै मेरो हार्दिक मंगलमय शुभकामना । अन्तमा, सी. आर. आई. का निर्देशक, उप-निर्देशक, नेपाली सेवामा सेवारत प्रमुख, उप-प्रमुख, सल्लाहकार, संचालक तथा सम्पुर्ण कर्मचारीहरुको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै नेपाली सेवाको 34औं वार्षिकोत्सवको पुर्ण सफलताको कामना गर्दछु । नेपाल-चीन मैत्री सम्वन्ध अमर रहोस 1 धन्यवाद

श्रोता मान बहादुर खत्री

प्रमुख, सँस्कृतिक विभाग,

सी. आर. आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद्,

नेपाल

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह