फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्तमान युगमा आएर वर्तमान श्रोताहरुको चाहना

(GMT+08:00) 2009-11-11 19:24:44
    पर्सामा पर्ने सरस्वति माध्यमिक विद्यालयका शिक्षक गोपाल कोइरालाले हामीलाई पठाउनुभएको पत्रमा धेरै माया लागेर भन्नुभयो-

    चिनियाँहरुको अनुकरणीय सफलतासंग हामी शुरुदेखि नै परिचित छौं।

    चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाले हामी नेपाली श्रोतालाई खूव आकर्षित गरेको छ। विशेष गरी नेपालका ग्रामिण भेगमा बसोबास गर्ने किसान, मज्दूर र निम्न वर्गिय जनतालाई त यस सेवाले चिनियाँ जनाता र त्यहाँको विविध विषयको जानकारी गराउन मनग्गे सहयोग पु-याएको छ भन्ने अत्यक्ति नहोला। किनकि हामी चीनलाई धेरै माया गर्छौं। किनकि यो देशले हाम्रो नेपालले जस्तै सगरमाथाको सामीप्य पाएको छ। हामी चीनलाई माया गर्छौं। यस कारण कि बुद्ध धर्मले त्यहाँगतिलो स्थान पाएको छ। हामी चीनलाई माया गर्छौं। यस उसले कि हाम्रा दुई देशहरुबीच ऐतिहासिक सम्बन्ध छ। हामी चीनलाई माया गर्छौं र माया गेरिरहने छौं। यसर्थ कि यो देश हाम्रो दरिलो छिमेबी हो। र हामी चिनियाँहरुको सराहना गर्छौं की यस देशका जनताले उपनिवेशिक तथा साम्राज्यवादी शक्ति विरुद्ध बहादुरी साथ विजय प्राप्त आन्तरिक शोषण विरुद्ध एक भई सम्पूर्ण जनतालाई राजनैतिक र आर्थिक सम्पन्नता दिलाउन सके र छोटो समयावधि मै विश्व राजनैतिक र आर्थिक क्षेत्रमा अनुपम उदाहरण वन्न पुगे।

     मोरङ्ग अमरदह 5, केचनामा पर्ने दिपज्योति सी.आर.आई श्रोता क्लवका ऋषिराम पोखरेलले हामीलाई पठाउनुभएको पत्रमा सफल नेपाली विभाग नामक विर्षकमा भन्नुभयो-

    वर्तमान युगमा आएर वर्तमान श्रोताहरुको चाहना बुझी सफल कार्यक्रम सन्चालन हुंदै आइरहेको लागि नेपाली विभागको निर्देशक वर्षा दिदिलाई के भन्छु भन्ने श्रोताहरुको सुझावलाई अनुसरण गरि सफल नेपाली विभाग।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह