फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूपाल दास श्रेष्ठद्बारा तिव्वत बारे चर्चा पहिलो

(GMT+08:00) 2009-11-11 19:24:44
    भूपाल दास श्रेष्ठ सी.आर.आई श्रोता क्लव राष्ट्र परिषद नेपालका संयोजकहरुमध्येका एक हुनुहुन्छ। सी.आर.आई. र सी .आर.आई. नेपाली सेवाद्बारा आयोजित विविध ज्ञान विज्ञान प्रतियोगितामा श्री भूपाल दास श्रेष्ठजीले नेपालको पत्रिका वा अखवारमा उक्त विषयमा प्रचार प्रसार गर्नुहुन्छ। हालै चीनको तिव्वत नामक ज्ञान विज्ञान प्रतियोगिता हाम्रो वेवमा चलिरहेको वेलामा उहाँले इमेलमा कुराकानी गर्दै भन्नुभयो -

    चीनको एउटा अभिन्न भाग तथा चीनको आफ्नो स्वायत्त प्रदेशको रुपमा रहेको तिब्बत स्वायत्त प्रदेश हाम्रो देश नेपालको उत्तरी भागमा पर्दछ । त्यती मात्र न भएर तिब्बत हाम्रो देशको उत्तरी सिमामा पर्ने सदीयौ देखि पहरेदारका रुपमा खडा छ वास्तवमा भन्ने हो भने चीन र नेपालको त्यसमा पनि तिब्बत र नेपालको सम्वन्ध परापुर्व ऐतिहासिक काल देखि रही आएको छ । हाम्रो अभिन्न मित्रको रुपमा रहेको तिब्बत सँगको सम्वन्ध भनेको हाम्रो ऐतिहासिक पात्र अरनिको र भृकुटीको पाला देखिको हो । सातौं शताब्दीका राजा सोङचेन गम्पो देखिको लगातार रुपमा तिब्बत र नेपाल बीचको सम्वन्ध भनेको, भाइ चाराको सम्वन्ध हो मित्रताको सम्वन्ध हो, आवश्यत्ताको सम्वन्ध हो र त्यो भन्दा वढी आपसी मेल मिलाप र परस्पर सहयोगको सम्वन्ध हो । त्यसैले सर्व प्रथम त म भुपाल दास श्रेष्ठ र हाम्रो क्लव श्री शैलेस्थान सी आर आई मैत्री क्लबका सम्पूर्ण सदस्य लगाएत सम्पूर्ण चिनीया जनतामा त्यसमा पनि खास गरेर सम्पूर्ण तिब्बती मित्रहरु तिब्बत स्वायत प्रदेशको स्थापनाको 45 ‌‌‌औं वार्षिकोत्सव र तिब्बतमा लोकतान्त्रीक सुधारको 50 औं वार्षिकोत्सवको शुभ अवसरमा उत्तरोत्तर प्रगति, समृद्धि, दिर्घायु एवं सर्ब शान्तीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु । हामी पूर्ण रुपमा विश्वस्त छौं । विशाल चीनको एउटा अभिन्न अभिछिन्न भूभागको रुपमा रहेको तिब्बत स्वायत्त प्रदेशले आज जुन गतिमा प्रगतिको , विकाशको मुल बाटो समातेर अघि वढी रहेको छ आउँदा दिनमा यो प्रदेश विश्वका लागि एउटा उदाहरण बन्ने छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह