फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूपाल दास श्रेष्ठद्बारा तिव्वत बारे चर्चा दोस्रो

(GMT+08:00) 2009-11-17 15:27:03
     आज हामीले देखिरहेका छौ तिब्बतमा 91 प्रतिशत भन्दा वढी शिक्षालयका विद्यार्थीहरुले रोजगारी प्राप्त गरी रहेका छन्, यस प्रदेशमा रुपान्तर र खुलापनको नितीका कारण तिब्बती समाजमा भारी परिवर्तन भै रहेको छ त्यसको साथै तिब्बती महिलाहरुका लगि रोजगारीको क्षेत्र अधिकाधिक विस्तृत हुँदै गइरहेको छ उनीहरुले रोजगारका सुनौला अवसर प्राप्त गरी राखेका छन् । हामीलाई थाहा छ तिब्बती जाति चीनको 55 अल्पसंख्यक जातिहरु मध्य एक हुन जस्को जन संख्या ४५ हजार ९० हजार छ र जो मुख्य रुपले विश्वको छानो मानिनने छिहाइ तिब्बती पठारमा बसोबास गर्छन् त्यसको साथै तिब्बतको प्रतिनिधि सभामा तिब्बती जातिको ९४ प्रतिशत प्रतिनिधित्व रहेको छ । तिब्बतका विशेषयुत्त प्रकृतिक दृष्य, मौलिक जातिय चालचलन तथा यथेष्ट जातीय संस्कृतिले विश्वका धेरै पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ । तिब्बत स्वायत्त प्रदेशका लोखा निङची, जारी क्षेत्र तथा विश्वको सर्वोच्च ठाउँमा रहेको सास्कृतिक तथा पुरातात्विक सम्पदा पोताला दरवार रहेको ल्यासा शहर तिब्बतको दोस्रो ठुला धार्मिक नेता पेन्चेन लामा बसोबास गर्ने पल्कोर गुम्बा रहेको पवित्र शहर सिगाचे होस वा अग्ला अग्ला रुखहरु वनस्पतिको जीवन्त जीवाश्मा "रुखको उनिउँ" सयौ किसिमका लाली गुरास एवं धेरै किसिमका वनस्पति भएको प्राकृतिक म्युजियम तथा प्रकृतिक हरित भण्डार भनेर चिनीने सूर्यको गद्दीका रुपमा रहेको न्यङिची होस समग्रमा चीनको तिब्बत भनेको सास्कृतिक एवं धार्मिक थलोको रुपमा पुजनीय मात्र न भएर प्रकृति सुन्दरताको भरी भराउ भएको ऐतिहासिक एवं पुरातात्वीक सम्पदाले सिगारीएको एउटा मनोरम ठाउ भनेको तिब्बत स्वायत्त प्रदेश हो । मलाइ आज पनि सम्झना छ सन 1997 को त्यो स्वर्णीम अवसर जति बेला मैले सी. आर. आई. नेपाली सेवाको निमन्त्रणामा चीन घुम्ने विशेष अवसर प्राप्त गरेको थिए 11 वर्ष भइसकेछ अहिले तर आज पनि मलाई हिजो जस्तो लाग्छ । सन 1997 मा चीन भ्रमणको क्रममा समयाभावले गर्दा हामी काठमाण्डौंबाट चाइना दक्षिण पश्चिमको विमान चढेर आकाशे मार्ग हुँदै तिब्बतको त्यो मनोरम दृष्य आफ्नो आँखा वरिपरि घमी रहेको थियो । हाम्रो नेपालीको सगरमाथा चुचुरो र तिब्बती मोहडाबाट झुोमालाङमा चुचुरा हेर्दाको बेग्लै आनन्द र अनुभुति त्यसबेला मैले संगालेको थिए । कतै कठोर चट्टानले भरिएका पहाड त कतै सुन्दर विशाल फाट र कतै ठूलाठूला रुखहरुको त्यो अनौठो संगमको आज पनि मेरो मानस पटलमा ज्यूका त्यु नाची रहेको छ । 3--4 घण्टाको त्यस यात्राको अन्तमा हामीले आकाशबाट नै सेतो ऐतिहासिक पोताला दरवारको पुरातात्वीक भवन हेरेको थियौं भने एक चक्कर घुमेर हाम्रो विमान तिब्बतका ल्यासा एयर पोर्टमा उत्रिए पछि मनमा धेरै पल्ट एक चोटी पोतालालाई धित मरुन्जेल हेर्न पाए कति आनन्द आउने थियो भन्ने त नलागेको हैन तर हाम्रो गन्तब्ध अझ अगाडि भएको कारणले र कस्टम क्लीयर गरेर अर्को प्लेन चढ्नु पर्ने बाध्यताले गर्दा मेरो त्यो अविस्मणीय क्षणलाई मन भित्रै गुम्स्याउँदै चीनको तिब्बतको मेरो छोटो समयको यात्रालाई विमानको झ्यालबाट हेरेरै चीन बुझाउन म बाध्य भए । छोटो समयको लागि भए पनि मेरा इन्द्रयिहरुले तिब्बतको त्यो रहस्यमय ऐतिहासिक दरबार प्रकृतिक मनोरम दृष्य लगाएतका क्षेत्रहरुको प्रत्यक्ष अवलोकन प्राप्त गर्ने सुवर्ण अवसर मलाइ प्रदान गर्ने चिनीयाँ अन्तराष्ट्रिय रेडियोका सम्पूर्ण साथीहरुलाइ म हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह