फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आशा छ तपाईहरुबाट आएको पत्र र पत्रिका पाएकोमा तपाईहरुको माया पाउन सकिनेछ

(GMT+08:00) 2009-11-24 11:04:22
    हाल संयुक्त अरवी इमिरेटसमा काम गरिरहनुभएको हाम्रा पुराना श्रोता गोपाल श्रेष्ठले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभएको छ-

    म सी.आर.आई नेपाली कार्यक्रमको नियमित श्रोता हुँ। म पहिला साउदी अरवमा रोजगारको लागि गएको थिएं। र हाल म संयुक्त अरव इमिरेटसमा काम गर्न आएको छु। म यस रेडियोबाट अथवा पत्र पत्रिकाबाट दिएको प्रसारणहरु समय पाएको वेला सधैं नै सुन्ने र पढ्ने गर्दछु। र प्रत्येक वर्षमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट दिएको प्रश्नहरुमा पनि भाग लिने गर्दछु।आशा छ तपाईहरुबाट आएको पत्र र पत्रिका पाएकोमा तपाईहरुको माया पाउन सकिनेछ।

    श्रीपुर गा.वि.स वार्ड नं छ, बेलौरी बजार , पानीट्याँकी मजिक

    कञ्चनपुर महाकालीको शिशिर सि.आर.आई श्रोता क्लवका अध्यक्ष धर्मेन्द्र विष्टले उकांको क्लवका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष आदि पदाधिकारी र सदस्य जम्मा 15 जनाको तर्फबाट हामीलाई पठाउनुभएको पत्रमा अनुरोध गर्दै कुरा गर्नुभएको छ - हामी चीनबाट प्रसारण हुने सि.आर.आई नेपाली सेवाको श्रोता हुं। सि.आर.आईबाट प्रसारण हुने कार्यक्रमहरु रोचक, ज्ञानबर्द्धक एवं मनोरञ्जन दिने कालका छन्। नियमित श्रोता भएपनि मलाई सि.आर.आई श्रोता क्लव कसरी दर्ता गर्न भनेर गाहा हुन सकेन। त्यसकारण श्रोता कल्व दर्ता सम्बनधी हुनै जानकारी पाइन्छ कि पत्र लेखेको छु। यदि क्लव दर्ता हुन्छ भने मैले क्लव दर्ता प्रकृया यसै पत्र साथ प्रेरण गरेको छु।

    मैले सि.आर.आई रेडियो कार्यालयमा पत्र पठाउंदा कसरी पठाउन सकिन्छ।

    महाकालीको शिशिर सि.आर.आई श्रोता क्लवका अध्यक्ष धर्मेन्द्र विष्टजी, हामीले तपाईको पत्र पढेपछि छिटै तपाईंको क्लव दर्ता गरेका थियौं। तपाई चिन्तित हुनु पर्दैन। तपाईंहरु सि.आर.आई नेपाली विभागसंग पत्राचार गर्नका लागि हामीले सि.आर.आई नेपाली विभागको खाम पठाउने सुविधा दिनेछौं। ती खाममा तपाईहरु कुनै पनि हुलाक टिकट टांस्नु पर्दैन। हामीसंग पत्राचार गर्ने क्रममा श्रोताको कुनै पनि खर्च चाहिंदैन।

    बागबजार काठमाडौंको श्रोता अरुना भट्टराईले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभयो- म यो सेवा मार्फत ढिलै भएपनि यसको श्रोता भएको जानकारी गराउन चाहन्छु। तपाईंहरुको यस सेवाले हाम्रो गाउं ठाउंमा निकै मात्रामा चहल पहल वा भनौं चर्चा परिचय भएरहेको देखेको सुनेको छु। मैले मेरो नजरबाट। त्यकारण यस सेवामा मेरो मन पनि समर्पित भइ आवद्ध हुन चाहन्छु।

    यसो भएमा म आफूलाई गौरवान्नित ठान्नेछु। अन्त्यमा यस चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले अझ व्यापक रुपमा आफ्नो सेवा प्रदान गरी हामी जस्ता श्रोताहरुको मन जित्न सफल भइरहोस साथै यो सेवाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु।

    सि.आर.आईका पुराना श्रोता होस् वा नयाँ श्रोता होस्, उहाँहरुमा चीन र सि.आर.आईप्रति निकै गहिरो भावना छ। उहाँहरुले सि.आर.आई विश्वका रेडियोमध्येका सबैभन्दा बलियो रेडियो र चीन दिन परदिन प्रगतिशील बन्ने आशा राख्ने गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह