फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दीपक नेपालको शुभ कामना

(GMT+08:00) 2010-01-26 09:41:42
    स्याउले 9, भेडावारी सिन्धुपाल्चोकका सिन्धु सि.आर.आई श्रोता क्लव परिवारका अध्यक्ष दीपक नेपालले हामीलाई पठाउनुभएको पत्रमा हामीलाई हार्दिक शुभ कामना व्यक्त गर्नुभएको छ-

    सि.आर.आई विश्वको पहिलो प्रसारण संस्था बन्न सफल होओस्।

    अन्तरिक्षाको खोज अनुसन्धानमा अझ थप सफलता मिलोस् साथै नं छ अन्तरिक्ष यानको सफलतासंग थप सफलता मिलोस्।

 मित्र राष्ट्र चीनको अभिन्न भूभाग ताइवान मुख्य भूमिमा शान्तिपुर्ण रुपमा समाहित होऔस्।

 शैक्षिक क्षेत्रमा थप सफलताहरु प्राप्त गर्न सफल होओस्।

विज्ञान र प्रविधिको क्षेत्रमा थप सफलताहरु प्राप्त होओस्।

कृषि प्रविधिमा थप प्रगतिका पाइलाहरु अगाडी बढाउन सफल होओस्।

उद्योग व्यवसायको क्षेत्रमा विश्वमा हग्रणि मुलुक बन्न सफल होओस्।

विकास निर्माणको क्षेत्रमा यातायात स्वास्थ्य समाचारको विस्तारमा महत्वपूर्ण उपलव्धि प्राप्त होओस्।

विश्वमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न मित्र राष्ट्र चीन सफल होओस्।

श्रोताहरु, अब हामीले वोया गाउं विकास समिति वार्ड नं ५, हुलाक वोया बिहीबारे जिल्ला भोजपुरका कर्ण बहादुर थापा मगरले हामीलाई पठाउनुभएको पत्रमा संगीत कार्यक्रमको बारेमा केही चर्चा गर्नुभएको छ-

सि.आर.आई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा कार्यक्रममा प्रसारण गरिएको संगीत कार्यक्रमान नेपालका श्रोताहरुले पठाएको क्यांसेटको नेपाली गीत राम्रो लाग्यो। मेरो अनुरोध यस प्रकार छ-

    सि.आर.आई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा प्रसारण कार्यक्रमबाट थप एक घण्टा समसय अवधी बढाइ दिनु भएकोमा मेरोतर्फबाट धन्यबाद दिन चाहन्छु र समयमा गितलाई थप दैनिक नेपाली लोक गित र चिनियाँ लोक गित समेत प्रसारण गरिदिन हुन सनम्र अनुरोध गर्छु।

    सि.आर.आई श्रोता क्लव राष्ट्रिय परिषद नेपालको केन्द्रिय समितिका सदस्य र महिला श्रोता क्लवका तर्फबाट रमा शर्माले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभयो-

    सि.आर.आई नेपाली सेवा एकतशौं वर्ष मात्र होइन। हजारौं वार्षिकोत्सव मनाउन उफल होस्। यहाँहरुका मेहनति र जाँगरिला हात्तहरु महिल्यै नथाकून्। कार्यक्रमहरु झन् झन् रोचक र परिस्कृत बन्दै जाउन, श्रोता र श्रोता क्लवहरु व्यापक बन्दै जाउन। रेडियोको माध्यमबाट चीन नेपाल बीचको सुमधुर सम्बन्ध झन् प्रगाढ बन्दै जान भन्ने कामना उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह