फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिङ कु पहाडको यात्रा

(GMT+08:00) 2009-11-11 18:11:43

                डाँडा वा पहरा जे भने पनि त्यसको वर्णन गर्न गाह्रो नै थियो त्यहाँ। पहराको टुप्पामा पुग्नुअघि नै एउटा पहरामा कलात्मक राता रङका अक्षर लेखिएको पर्वत अनि त्यसैबाट झरेको करिब एक सय मीटर लामो छहरा बगेको मैले देखेँ। मैले धर्मशास्त्रहरूमा वर्णित् स्वर्गको बखान त अवश्य पनि सुनेको थिएँ तर आज मैले फिङ् कु पहरामा वास्तविक रुपमा नै स्वर्ग देखेको अनुभव गरेँ। अब त झमक्क साँझ पनि परिसकेको थियो। हजारौँ चिनियाँ पर्यटक त्यहाँ थिए।मैले त होटलमा कोठा पनि झन्डै नपाएको तर ती गुरुजीले धेरै प्रयत्न गरेपछि मात्र रु एक सय पचासमा कोठा मिलाइदिए।अनि खाना खाने स्थान पनि देखाइदिए।म होटलतर्फ गएँ।साधारणतया नुहाइधुवाइ गरेर म बेलुकीको करिब आठबजेतिर खाना खानका लागि होटलमा गएँ। मैले त्यो होटलको रुफटपमा बसेर खाना खाने विचार गरेको थिएँ तर एकछिन मात्र के बसेको थिएँ मलाई निक्कै जाडो भएर आयो। अनि तल नै बसेर खाना खाएर बिस्तारै सुत्ने स्थानतिर लागेँ म ।म उक्त दिनको लामो यात्राले गर्दा निकै नै थाकेको थिएँ।त्यसैले करिब दशबजेतिर म आराम गर्नका लागि पल्टिएँ।

             विस्तारै उज्यालो भयो।त्यो पहराको फेदमा रहेको वस्तीका भालेहरू पालैपालो बासे। बिहान नुहाइधुवाइ सकेर करिब आठ बजेतिर मैले होटलको कोठा छाडेँ।बाहिर झलमल्ल घाम लागे।बिहानको खाजा खानुपर्‍यो भनेर एउटा होटलमा गएँ।त्यहाँ आठ चिनियाँ युआन तिरेपछि एकजनालाई ब्रेकफास्ट दिने चलन रहेछ। मकैको खोले,दुईवटा अण्डा एउटा सुख्खा रोटी अनि गोलभेँडा र रायोको साग मिसाएर बनाएको सुप दिने रहेछन्। आठ रुपयाँ तिरेर खाएपछि सामान्यतया पेट भरिने नै रहेछ।त्यति काम सकेपछि मैले त्यो नजिकमा पर्ने पहाडी दृश्य हेर्न र अवलोकन गर्न बाँकी नै थियो। एउटा ठूलो अनि सफा र सुन्दर पोखरीमा सयौँको सङ्ख्यामा डुङ्गामा सयर गरिरहेका मानिसहरू थिए अनि एउटा निकै नै तीखो आवाजमा म्युजिक घन्किइरहेको थियो। त्यही म्युजिकको तालमा पोखरीबाट पानीका रङ्गीचङ्गी फोहराहरू निस्कने अनि बन्द हुने गर्दथे। त्यो दृश्य साँच्ची नै लोभलाग्दो र मनोहर देखिन्थ्यो।मैले पनि एउटा डुङ्गा भाडामा लिएँ।तर म त डुङ्गा चलाउन खास नजान्ने मान्छे तर चिनियाँहरूको सहायतामा मैले पनि आधा घण्टाजति त्यस पोखरीको पानीमा निकै नै मज्जा लिन सक्षम भएँ। मलाई अत्यन्तै नै खुसी लाग्यो । झुल्के घाम अनि त्यो घामको किरण परेको भागमा देखिने हलुवावेद रातै पाकेको दृश्य अर्को लोभलाग्दो विषय रहेको थियो।म त्यस पहाडमा गएँ। सारा दृश्यहरू मैले आफ्ना आँखा र मानसपटल कैद गरेँ।अनि अघिल्लो दिन कै बाटो लिएर म फर्केँ।तर वास्तवमा मलाई कुनै पनि हालतमा त्यो स्थान छाडेर आउन त मन थिएन नै।

             मैले नयाँ चीन स्थापनाको साठीऔँ वर्षगाँठको अवशर पारेर गत अक्टोबर पाँच तारीखका दिन फिङ कु जिल्लामा पर्ने मनोरम भिर पहरा घुम्न जाने क्रममा त्यहाँ देखेका विविध प्रवन्धहरूका बारेमा मैले प्रत्यक्ष देखेका र अनुभव गरेका सत्यतथ्य कुराहरूको अन्तिम भाग मैले यहाँहरूमाझ प्रस्तुत गरेँ। मैले ती पहरातर्फ जानका लागि कार बन्दोबस्त गर्नुपरेको , बिहान खाना खाएकै होटलकी बहिनीले फोन सम्पर्क गरेर कार मिलाइदिएको अनि त्यो पहाडको फेदमा एउटा बजारको दृश्य पनि मनोहर रहेको कुरा पनि उठाएँ। त्यस बजारमा पुग्ने बाटोमा एउटा निकै नै फराकिलो अनि निकै नै सुन्दर ताल रहेको र त्यही ताल भएर बजार पुगिने कुरा पनि उजागर गरेको थिएँ। एकातिर जङ्गलभरि रातै हलुवावेद पाकेको दृश्यले वातावरण मनमोहक बनाएको थियो भने अर्कोतिर अर्कोतिर आकासभन्दा पनि अग्लो देखिने पहरो पर्दथ्यो। अनि अर्कोतिर पहरामा कलात्मक राता रङका अक्षर लेखिएको पर्वत अनि त्यसैबाट झरेको करिब एक सय मीटर लामो छहरा बगेको मैले देखेँ भनेर मैले त्यो स्थानलाई पुराण र महाभारतमा वर्णित् स्वर्गभन्दा पनि उत्तम प्राकृतिक दृश्यको रुपमा लिएको कुरा पनि प्रस्तुत गरेँ मैले। त्यहाँका पहाडी दृश्यले शास्त्रमा लेखिएको स्वर्गलाई साँच्चिकै गिज्याएको कुरा पनि मैले उठान गरेँ।ती सबै कुरालगायत सारा दृश्यहरू हेर्ने मलाई धेरै रहर त थियो तर समयको पावन्दीले गर्दा ती सबै कुराहरू संभव भएनन्। समयले साथ दिएमा म फेरि पनि फिङ कु जाने बाचा गरेर म पुनः मेरो बासस्थान फर्केँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह