फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताहरुका पत्र उपस्थित-दोस्रो भाग

(GMT+08:00) 2009-11-26 10:15:09
सिद्ध-4 खइते, जिल्ला कास्कीमा बस्नुहुने हाम्रो विश्वासी श्रोता बीन्द्रा ठकुरीले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभयो- सर्बप्रथम त म सबैमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा स्थापना भएको 34 वार्षिकोत्सवको उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यहाँ म सबैमा सुख,आनन्द,खुसी तथा सफलता मिलोस् भन्ने कामना गर्दछु।खासगरी चीन, नेपाल तथा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रगतिको कामना पनि गर्दछु। तपाईँहरू सबैमा सुख र संवृद्धिको शुभ कामना छ। यस नयाँ अवसरले सबैको प्रगति होस् र सबैको जीवन सफलताले चुमोस् र सबै प्रणीको कल्याण होस्। पल्लीकोट 6, दाइछाप गुल्मी लुम्बिनी मा पर्ने सौगात सी.आर.आई. श्रोता क्लव मञ्चका अध्यक्ष समीर थापाले यस सुअवसरमा नेपाली विभागलाई हार्दिक शुभ कामना पठाउनुभएको छ। उहाँको बधाइ संदेशमा भनिए अनुसार- यस सी.आर.आई नेपाली सेवाले 1975 जुन 25 तारियखको दिन आफ्नो कार्यकाल 34 वर्ष पूरा गरि पाइला चालेको पावन घडीमा यस सी.आर.आई नेपाली सेवाले अझ लामो समय गराइ अझ स्तरिय, ज्ञानपर्द्धक, मनोरञ्जनात्मक कार्यक्रम संचालन गरि प्रत्येक नेपालीको ढुकढूकी बनोस् भन्ने हाम्रो यस सौगात सी.आर.आई. श्रोतामञ्चमार्फत हार्दिक शुभ कामना पूष्प गुच्छाहरु अर्पण गर्न चाहन्छौं। उक्त बधाइ संदेशका साथै श्री समीर थापाले एउटा कविता पनि लेखिपठाउनुभयो। अव उहाँको कविता सुन्नुहोस्। प्रत्येक नेपालीका छातीमा ढुकढुकी बनी ढङकिरहनु सी.आर.आई . तिमी नेपालका प्रत्येक संघर्षका साथमा अघि बढ्न असल निर्देशन बनी लम्किरहनु सी.आर.आई. तिमी आकाशे तारा र जुन जस्तै ज्ञान बर्द्धक संदेश दिई चम्किरहनु सी.आर.आई. तिमी सूचना र संचारको प्यास भेटाउन विश्व धरातलदेखि उमिई नेपालीको आवाज बनी गुञ्विरहुनु सी.आर.आई. तिमी नेपालीकोप्रत्येक जस्ती वस्ती कुना कन्दरामा मनोरञ्जननात्मक झन्कार दिई झन्किरहनु सी.आर.आई तिमी यस्तै सौगात बोकी आउनु है हर साँझमा यहि छ हरपल सी.आर.आई तिमीलाई शुभ कामना सी.आर.आई तिमीलाई शुभ कामना दिपज्योति सी.आर.आई श्रोता क्लवका ऋषिराम पोखरेलले हामीलाई पठाउनुभएको " सफल नेपाली विभाग "नामक एउटा लेखमा भन्नुचयो - वर्तमान युगमा आएर बर्तमान श्रोताहश्रको चाहना बुझी सफल कार्यक्रम सन्चालन हुंदै आइरहेको नेपाली विभागलाई अझ दरिलो तरिकाबाट लानका लागि नेपाली विभागमा कार्यरत सबै कार्यकर्ताहरुलाई हार्दिक बधाई भन्दै श्रोताहरुको सुझावलाई अनुसरण गरि सफल नेपाली विभाग सन्चालन भइरहोस् भन्ने हामी सबै श्रोताको तर्फबाट असिम शुभ कामना दिन चाहन्छौं। सी.आर.आई. श्रोता क्लव राष्ट्रिय परिषद नेपालका सांस्कृतिक पिभागका प्रमुख मान बहादुर खत्रीले हामीलाई पठाउनुभएको इमेलमा भन्नुभयो- चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले स्थापनाकाल अर्थात जुन महिनाको 25 तारिख देखि नै विश्वका कुनाकाप्चामा छरिएर रहेका आफ्ना प्यारा नेपाली श्रोताहरुलाई रेडियो, एफ. एम. पत्रिका तथा वेभसाइट मार्फत विश्व, चीन, नेपाल एवं विविध विषय वस्तुका बारेमा जानकारी गराउँदै आएको छ। चिनियाँ नागरिक भएर पनि विदेशमा नेपाली भाषा र साहित्यको उत्थान गर्न अहोरात्र जुट्नु भएका आदरणीय दिदीहरु कुसुम तथा केशरी मैयाले यस रेडियोलाई आजको विकसित अवस्थामा ल्याउन दिनरात लागि पर्नु भएको छ । उहाँहरुको नेपाली भाषा बोलाई, उच्चारण तथा लेखाईमा कुनै पनि विदेशीको अनुभव गर्न सकिदैन । उहाँहरु नेपाली भाषा बोल्दा जो सुकैलाई पनि नेपाली कि चिनियाँ भनेर ठम्याउन गाह्रो हुन्छ उहाँहरु नेपाली भाषा स्पष्टसँग बोल्न र लेख्न सक्नुहुन्छ । वर्तमान विभाग प्रमुख वर्षाजी तथा उप प्रमुख नेपाली भाषा यति शुद्ध तथा स्पष्ट बोल्नुहुन्छ कि हामी नेपालीहरुलाई नै इष्या जागेको छ। त्यसैगरी, नेपाली विभागमा कार्यरत आदरणीय दाजु लिउ होंग स्यांग, बहिनीहरु हिमा, मेघा, सुमेघा तथा मूनाको नेपाली भाषा निकै मिठो तथा प्रशसनीय नै रहेको छ। संक्षेपमा भन्दा सी.आर.आई. नेपाली सेवामा कार्यरत प्रमुख, उपप्रमुख, संचालक तथा कर्मचारीहरुको प्रसारण शैली, तौर र तरिका निकै स्तरीय रहेको छ। उहाँहरुले स्थापनाकालदेखि नै नेपाली सेवालाई समय सापेक्ष परिमार्जन, परिवर्तन एवं स्तरीय सेवा प्रदान गर्दै आइरहनु भएको छ । हामी नेपाली श्रोताहरु नेपाली विभागमा कार्यरत आदरणीय दाजु, दिदी एवं संचालकहरुप्रति हार्दिक आभारी छौं। यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, आजको श्रोता सहभागिता नियमित कार्यक्रम यहीँ सकिएको छ। अर्को साता फेरि भेटौंला। नमस्कार।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह