फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको पुरस्कार वितरण समारोह

(GMT+08:00) 2009-11-16 15:10:23

            यो वर्ष नयाँ चीन स्थापनाको साठीऔँ वार्षिकोत्सब परेको थियो।विगतका छ दशकमा चिनियाँ जनता र सरकारको संयुक्त पहलमा चीनका हरेक पक्षमा विकासको सुरुआत भइसकेको कुरा त स्पष्ट नै छ।देश निर्माणमा चिनियाँहरूले गतिला पाइलाहरू अघि बढाइसकेका छन्।यस अवधिमा चीन निर्माणको पृष्ठभूमिलाई हेर्ने हो भने चिनियाँहरूको जनजीवनमा आज व्यापक रुपमा परिवर्तन आइसकेको छ। यसै अवधिमा हजारौँको सङ्ख्याका उद्योगधन्दाहरूको आधुनिकीकरण भइसकेको छ। त्यति मात्र होइन कि उनीहरूले कृषिमा पूर्ण रुपमा क्रान्ति ल्याएका छन्।पशुपालनमा व्यापक आधुनिकता भित्र्याएका छन्।चीनले ती क्षेत्रका अतिरिक्त विज्ञान र प्रविधिमा पनि व्यापक फड्को मारिसकेको देखिन्छ।यसरी चीनले आफ्नो साठी वर्षसम्मको इतिहासबाट पाठ सिकेर आज अझ व्यापक रुपमा पाइलाहरू अघि सारेको छ।

           यही परिप्रेक्ष्यमा चीनको पैचिङस्थित् अन्तर्राष्ट्रिय रेडियोले पनि विश्वका आफ्ना श्रोताहरूमध्येबाट दश जनालाई पुरस्कार वितरण गरेको थियो।यसको नाम a global contest for the celebration of the 60th anniversary of the people's republic of china भन्ने रहेको थियो।यसमा विश्वका विभिन्न देशका श्रोताहरूले उत्साहपूर्ण रुपमा सहभागिता जनाएका थिए।यो प्रतिस्पर्धामा भाग लिने समयावधि जून एक तारिख 2009 देखि सेप्टेम्बर एक 2009 सम्म तोकिएको थियो।प्रतिस्पर्धीहरूले दुई खण्डमा रहेर भाग लिन पाउने भएका थिए।पहिलो खण्डमा अनलाईन प्रश्नको जवाफ दिनुपर्ने थियो।अनि दोस्रो खण्डमा गएर blessing china भन्ने शीर्षकमा आफ्ना मनमा लागेका सारगर्भित भावनालाई पोख्नुपर्ने अवस्था रहेको थियो।यदि कसैले अनलाईनमा शुद्ध र राम्रोसँग पहिलो खण्डको प्रश्नको उत्तर दियो अनि दोस्रो खण्डमा आफ्नो मनोभावना सारगर्भित रुपमा पेश गर्नेले पुरस्कार जित्न सक्ने प्रवधान राहेको थियो।त्यहीअनुसार विश्वका विभिन्न भागबाट अनलाइनमा आएका उत्तरहरूलाई समावेश गरेर आएका श्रोताहरूमध्येबाट सर्बोत्कृष्ट दश जनालाई प्रथम पुरस्कार दिने प्रवधान राखिएको थियो।सर्बोत्कृष्ट पुरस्कारमा कुनै राशि तोकिएको थिएन बरू ती भाग्यमानी दश जनालाई चीनको निशुल्क भ्रमणको व्यवस्था गरिने भएको थियो।त्यस्तै प्रथम हुनेहरूलाई चिनियाँ रेशमको महत्वपूर्ण पेन्टिङ उपलव्ध गराइने भएको थियो।त्यसै गरेर दोस्रो पुरस्कारको रुपमा चिनियाँ ढाँचाबाट बनाइएको चिनियाँ हातबाट निर्मित स्कार्फ र तेस्रो पुरस्कारको रुपमा टी-सर्टहरू राखिएका थिए।नियमानुसार पुरस्कारप्राप्त व्यक्तित्त्वहरूको नामावली पनि अनलाइनमा नै घोषणा गरिएको थियो।

 

           यसै विषयमा भएको पुरस्कार वितरण समारोह गत अक्टोबर सत्ताइस तारिखका दिन आयोजना गरेको थियो सिआरआइले।सिआरआइको प्रमुख तत्वावधानमा त्यस दिनको तीनबजे सुरु भएको उक्त कार्यक्रम करिब साढे चारबजेसम्म चलेको थियो।पूर्वी पैचिङस्थित् त्याओ यु थाइ स्टेट गेस्टहाउसमा यो कार्यक्रम उत्साहवर्द्धक रुपमा भएको थियो।त्यस कार्यक्रममा यस रेडियोका प्रमुख निर्देशक श्री वाङ कङले सबै विजेताहरूलाई हार्दिक वधाइ तथा शुभकामना दिनुका साथै रेडियोका तर्फबाट यस्ता प्रवर्द्धन कार्यक्रमहरू भइरहने विश्वास दिलाउनुभएको थियो।त्यस्तै गरेर उपनिर्देशकहरूले पनि कार्यक्रम सफल पार्नका लागि विश्वले देखाएको उत्साहको प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा चीनमा लागि बेलायत फ्रान्स जापान आदि मुलुकका राजदूतहरूले पनि गर्विला भावनाहरू पोख्नुभएको थियो।साथै दशजना नै विजेताले पनि आआफ्नो देशको परिस्थिति अनि त्यहाँबाट सुनिने सिआरआइ रेडियोका बारेमा आफ्ना भनाइहरू राख्नुभएको थियो। कार्यक्रममा मुख्यगरेर पाकिस्तान थाइल्यान्ड फ्रान्स आदि देशका विजेताको बढी चहलपहल देखिन्थ्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह