फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विषय : हार्दिक मंगलमय शुभकामना

(GMT+08:00) 2009-12-10 10:31:05
महाशय, भौगोलिक रुपले सीमा जोडिएर रहेका हिमाली पृष्ठभूमिका दुई असल छिमेकी मुलुकहरु नेपाल र चीन बीच परापुर्वकालदेखि नै आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक सम्वन्ध घनिष्ट रहदै आएको कुरा इतिहासका पानामा सूनौला अक्षरले पोतेको पाइन्छ । सन् 1955को अगस्त 1 तारीखदेखि औपचारिक रुपमा दौत्य सम्वन्धको स्थापना भएपछि नेपाल र चीन बीचको सम्वन्धमा कोसेढुंगा सावित भएको छ । नेपाल र चीन बीच दौत्य सम्वन्ध स्थापना भएको आगामी अगष्त 1 तारीखमा 54औं बसन्त पार हुँदैछ । नेपाल र चीन तथा नेपाली र चिनियाँ जनताको सवैभन्दा खुशीको क्षणमा नेपाल, चीन, नेपाली तथा चिनियाँ जनताको उत्तरोत्तर प्रगतीको कामना गर्दै आगामी दिनहरुमा दुई देश बीचको सम्वन्ध अभक्त गाढा र घनिष्ट बन्दै जाओस, मेरो हार्दिक मंगलमय शुभकामना । परापूर्वकालदेखि नै नेपाल र चीन बीच आपसी सहयोग र समभदारी रहदै आएको कुरा इतिहासका पानाहरु साँक्षा छन् । खासगरी, चीनले नेपालको आर्थिक, समाजिक, साँस्कृतिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सन् 1955 को अगष्त 1 तारीखमा औपचारीक रुपमा दौत्य सम्वन्ध स्थापना भएपछि चीनले नेपाललाई हेर्ने र सहयोग गर्नेको क्षेत्रमा व्यापक विस्तार भएको छ । त्यसैगरी, चीनले संकटको बेलामा नेपाललाई सधै माया, ममता र सहयोग प्रदान गर्दै आएको छ भने नेपाल र नेपालीको हरेक दु:ख र कष्टमा साथ दिएको छ । नेपालले आर्थिक लगायतका क्षेत्रहरुमा सहयोग गर्न नसके तापनि चीनलाई सधै एउटा असल मित्रको रुपमा यथासक्य र हार्दिक सर्मथन जनाएको छ । चीनले उठाएका हरेक कदममा नैतिक समर्थन जनाएर, चीन विरोधी गतिविधिहरु हुन नदिएर तथा चीनले उठाएका कुटनीतिक पहलहरुमा समर्थन जनाएर, नेपालले असल मित्रको परिचय दिएको छ । चिनियाँ सरकारले थाइवानलाई लक्षित गरेर बनाएको राष्टि्रय पृथकता विरोधी एनको नेपालले समर्थन गर्दै, एक चीन नीतिप्रति दृढ समर्थन दोहोर्याएको छ । जसलाई नेपालले चीनप्रति देखाएको असल मित्रताको प्रतिकको नमूनाको रुपमा लिन सकिन्छ।चीन(नेपाल दौत्य सम्वन्ध स्थापनाको 54औं वार्षिकोत्सवको पूर्ण सफलताको कामना गर्दै नेपाल, चीन, नेपाली र चिनियाँ जनता साथै रेडियो तथा हामी श्रोताहरु बीचको सम्बन्ध दिन प्रतिदिन गाढा र घनिष्ट बन्दै जाओस । मेरो हार्दिक मंगलमय शुभकामना । नेपाल(चीन मैत्री सम्वन्ध सदासदा अमर रहोस । धन्यवादभवदीय, मान बहादुर खत्री सी.आर.आर्इ. रेडियो मोनिटरनेपालगंज, बाँके, नेपाल ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह