फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आईको वेभ साइडमा " सुन्दर तिब्बतको पर्यटन "सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिताको पुरस्कार प्राप्त विजेताहरुको नामावली पहिलो

(GMT+08:00) 2009-12-08 10:31:54
आदरणिय श्रोता, नमस्कार। सन् 2009 अप्रिल बीसदेखि मे एकतीस तारिखसम्म आयोजना गरेको थियो। हालै सो प्रतियोगिता सी.आर.आई.को नेपाली, हिन्दी, अंग्रेजी, फ्रान्सेली, जर्मन, स्पेन र चेक भाषाको वेभ साइडमा सफलतासाथ सम्पन्न भएको छ। हाम्रा श्रोताहरुले तिब्बतको पर्यटन विषयमा तिब्बतको प्राकृतिक दृश्य र जातीय संस्कृतिमा धेरै जानकारी पाउनुभएको कुरामा हामीलाई विश्वास छ। विश्वका बत्तीसवटा मुलुकका दुई लाख सन्तान्नब्बे हजार तीस जना नेट प्रयोगर्ताहरु यस प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो। यहाँ सौभाग्यको कुरा के हो भने हाम्रो नेपाली विभागका आदरणिय श्रोता, अथवा नेपालको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव लिलामणी पौडेल यस ज्ञान विज्ञान प्रतियोगिताका विशेष पुरस्कार प्राप्त 7 जना श्रोताहरुमध्येका एक हुनुहुन्छ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत शाखाको प्रचार प्रसार विभागको निम्तोमा श्री लिलामणि पौडेल जुलाई 1 देखि 4 तारिखसम्म चीनको तिब्बत स्वायत प्रदेशका विभिन्न कार्यक्रममा सहभागि हुनुभयो। कामको जिम्मेवारीका क्रममा यस अघि उहाँ नेपालको महावाणिज्य दूतको हैसियतमा चीनको ल्हासामा झन्डै 4 वर्ष बस्नुभएको थियो। त्यसैले उहाँलाई तिब्बतका विभिन्न स्थानको दृश्य, त्यहांको स्थानीय संस्कृति , रिति-रिवाज ,शिक्षा , उद्यौग ,कृषि र अर्थतन्त्रकावारेमा धेरै जानकारी छ। उहाँ धेरै व्यस्त हुनुभए तापनि यस प्रतियोगितामा तय गरिएको कार्यक्रममा सहभागि हुनुभएकोमा हामी आभारी छौं। हुन त नेपाली विभागले वेभ साइटमा ज्ञान विज्ञान प्रतियोगिता आयोजित गर्ने कुरा यो पहिलो होइन। तर यस पटक " सुन्दर तिब्बतको पर्यटन " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगितामा भाग लिएका नेपाली नेट प्रयोगर्ताको संख्या पनि बढेको देखियो। यो एकदमै खुशीको कुरा हो। नेपाली श्रोताहरुले सी.आर.आई. नेपाली सेवाको वेभ साइट बढी पढ्ने र हामीलाई सुझाव प्रस्तुत गर्ने आशा हामीले गरेका छौं।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह