फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाद्बारा आयोजित "चीनको राष्ट्रिय गान " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता पहिलो

(GMT+08:00) 2009-12-29 10:46:30
प्रिय श्रोता, नमस्कार। 2009 को अक्टोवर 1 तारिख जन गणतन्त्र चीनको स्थापना भएको साठियौं वर्ष थियो। थिएन आन मन चोकमा सबै जनाले नयाँ चीनको राष्ट्रिय गान सुन्न पाएका थिए। नेपाली श्रोताहरुका लागि जन गणतन्त्र चीनको राष्ट्रिय गान बारे परिचय दिनु र यस विषयमा ज्ञान विज्ञान प्रतियोगिता आयोजना गर्दा सान्दर्भिक नै हुने संझेर यस पटक नेपाली विभागले चीनको राष्ट्रिय गान " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । आजको श्रोता सहभागिता कार्यक्रममा सबै भन्दा पहिले हामी श्रोताहरुलाई चीनको राष्ट्रिय गान सुनाउछौं र त्यसपछि यस बारेमा जानकारी दिनेछौं। चीनको राष्ट्रिय गानका लेखक श्री टिएन हान हुनुहुन्छ। उहाँको जन्म सन् 1898 को मार्च महिनामा हु नान प्रान्तको छाङ्गशा शहरमा भएको थियो भने उहाँको मृत्यु सन् 1968 को डिसेम्बरमा भएको थियो। श्री टिएन चीनको एकदमै प्रसिद्ध नाटककार, कवि, ओपेराकार र लेखकका साथै समाजिक कार्यकर्ता पनि हुनुहुन्थ्यो। एकै शब्दमा भन्ने हो भने श्री टिएन हानको नाम चीनमा थहा नभएका मानिसको संख्या निकै कम छ। चिनियाँ जनतामाथी व्यापक आक्रमण गरिरहेको जापानी सेना विरुद्ध एक भएर बहादुरीका साथ संघर्ष गर्न प्रोत्साहित गर्ने उदेश्यले सन् 1935 को फेब्रुअरीमा श्री टिएन हानले एक संघर्ष युक्त गीत लेख्नुभएको थियो। त्यसपछि, एक जना निए एर नामक संगीतकारले उहाँको सो गीतमा संगीत भर्नुभएको थियो। संगीतकार श्री निए एरको जन्म सन् 1912 को फेब्रुअरीमा युन नान प्रान्तको खुन मीङ्ग शहरमा भएको थियो। उहाँको मृत्यु सन् 1935 को जूलाईमा जापानमा भएको थियो। संगीतकार निए एरले चीनमा नयाँ संगीतको बाटो सिर्जना गर्नुभयो। उहाँ चिनियाँ सर्वहारा-क्रान्तिकारी संगीतको अग्रज पनि हुनुहुन्छ। श्री टिएन हान र श्री निए एर यी दुई जना मिलेर लेख्नुभएको गीतको नाम " सेनाको स्वयमसेवक " भन्ने रहेको छ। सन् 1949 को जून महिना, अर्थात् नयाँ चीनको स्थापना हुनु केही महीना अघि नयाँ राजनितीक परामर्शदातृ सम्मेलनको तयारी बैठकले चीनभरिको समाचार पत्र "चीन दैनिक अखवार "र " ग्वान मिङ्ग दैनिक अखवार "मा विज्ञापन छापेको थियो। विज्ञापन पछी प्राप्त भएका छ सय चौरानव्वे वटा गीत नयाँ राजनितीक परामर्शदातृ सम्मेलनको तयारी बैठकमा प्रस्तुत् गरिएको थियो। तर उक्त वैठकलाई ती गीतहरुप्रति त्यति चित्त बुझेको थिएन।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह