फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाद्बारा आयोजित "चीनको राष्ट्रिय गान " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता दोस्रो

(GMT+08:00) 2010-01-05 09:38:14
सन् 1949 को सेप्टेम्बर सत्ताईस तारिखका दिन नयाँ चीनको राजनितीक परामर्शदातृ सम्मेलनको प्रथम पूर्ण बैठकले चीनको राष्ट्रिय गान औपचारिक रुपमा नवन्दासम्म " सेनाको स्वयमसेवक " नामक गीतलाई जन गणतन्त्र चीनको अन्तरिम राष्ट्रिय गान वनाउने निर्णय गर्‍यो। सन् 2004को मार्च महिनाको चौध तारिखका दिन, चिनियाँ जन प्रतिनिधि सभाको दोस्रो सम्मेलनले संविधानमा संसोधन विधेयक पारित गर्‍यो। सो संसोधन विधेयकमा " सेनाको स्वयमसेवक "वोलको गीतलाई जन गणतन्त्र चीनको राष्ट्रिय गान वनाउने घोषणा गरिएको थियो। अब चीनको राष्ट्रिय गान सुन्नुहोस। श्रोताहरु, " सेनाको स्वयमसेवकको " अर्थ यस प्रकार छ। उठ, उदास बन्न इच्छुक नभएका चिनियाँ जन समूह। हाम्रो शरीरको रगत र मासुको प्रयोग गर्दै चीनको नयाँ लामो पर्खाल बनाऔं। चीन राष्ट्रको सामु सबै भन्दा खतरनाक अवस्था आएको छ हरेक जनाको बलजफ्ती अन्तिम आवाज निकालि दिएको छ। उठ, उठ, उठ। हामी हजारौं हजार एकीकृत भएर शत्रुको तोपदेखि नडराइकन अघि वढौ, शत्रुको तोपदेखि नडराइकन अघि सरी, अघि सरी, अघि सरी, अघि सरी। श्रोताहरु, अब हामी चीनको राष्ट्रिय गानको विषयमा केही प्रश्न सोध्नेछौं। तपाईहरु राम्रोसंग सुन्नुहोस्। एक, चीनको राष्ट्रिय गानका लेखक को हुन् ? दुई, राष्ट्रिय गानका लेखकको जन्म चीनको कुन शहरमा भएको थियो? तीन, चीनको राष्ट्रिय गानका संगितकार को हुन्? चार, राष्ट्रिय गानका संगितकारको जन्म चीनको कुन शहरमा भएको थियो ? पाँच, चीनको राष्ट्रिय गानको नाम के हो? श्रोता, नेपाली सेवाद्बारा आयोजित "चीनको राष्ट्रिय गान " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगितामा यस वर्षको नभेम्बर बीस तारिखदेखि आउने वर्षको अप्रिल महिनाको बीस तारिखसम्म तपाईहरुले भाग लिन सक्नु हुनेछ। श्रोता, तपाईहरु इमेल, वेवसाइट र पत्र तथा फ्याक्स जुनसुकै तरिकावाट पनि यस प्रतियोगितामा सहभागी हुन सक्नु हुनेछ । अप्रिल महिनाको बीस तारिखपछि हामी श्रोताको उत्तरको आधारमा प्रथम, द्बितीय र तृतीय पुरस्कार प्राप्तकर्ता श्रोताहरुको छनौट गर्नेछौँ। श्रोता, उक्त प्रतियोगितामा तपाईं विजयी हुनुहोस्, हाम्रो शुभकामना छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह