फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको चुङ सान पार्क-1

(GMT+08:00) 2009-12-07 17:22:45

              आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने थ्यानमन चोक नजिकैको चुङ सान पार्कमा गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न पार्कहरूमध्ये चुङ सान पार्कको स्थान पनि निकै महत्वपूर्ण रहेको छ।पैचिङको मुटुमा रहेको यो पार्क आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न अङ्ग हो। यस पार्कको कस्तो अवस्था रहेको छ र पैचिङमा यो पार्कले के कस्ता सुविधाहरू प्रदान गरेको छ र यो पार्कको महत्वको दिशा कता गइरहेको छ भन्ने बारेमा पनि म केही कुरा राख्ने जमर्को गर्दैछु।

           मैले म चीनको पैचिङवरपर घुम्दै र अवलोकन गर्दै जाँदा त्यहाँ रहेको चुङ सान पार्कको अवस्था खासगरेर त्यस पार्कमा भएका सुविधाहरूलगागत् त्यस पार्कको महत्वबारे केही बताउन जाँदैछु।

           चुङ सान पार्कलाई चिनियाँ भाषामा चुङ सान कोङ युआन भनिन्छ।चीनका महान विचारक सन यात सेनको नाम चुङ सान थियो।यसरी ती महान नेताको नामबाट नै यो पार्क खडा गरिएको भन्ने बुझिन्छ।

             यस चुङ सान पार्कको इतिहासलाई केलाएर हेर्ने हो भने हामी करिब एक हजार वर्षको अन्तराल पाउछौँ।चीनका प्रसिद्ध नेता तथा दार्शनिक सन यात सेनको सम्झनामा यो पार्क खडा गरिएको हो।यस पार्कभित्र हेर्ने हो भने विविध प्रकारका मन्दिरहरू छन् जसले चीनका प्राचीन कला र संस्कृति बोकेका हुन्छन्।यो पार्क पहिलेको धेरै समयसम्म सर्बसाधारणका लागि खुला भएको थिएन। केवल सन् 1928 देखि मात्र यो सबैको लागि खुला भएको हो।यो पार्क अत्यन्त नै सुन्दर रहेको छ। पार्कलाई शोभा दिनका लागि सुन्दर तालहरू तल्लीन भएर लागेका छन् भने यहाँ फुलाइएका फूलहरूले पनि यस चुङ सान पार्कलाई कम शोभा दिएका छैनन्।

                त्यसैगरेर यस पार्कमा बिच्छ्याइएका बुट्टायुक्त सिंगमरमरले पार्कलाई बडा सुन्दर बनाएका छन्।यसरी यो पार्कमा घुम्दै जाँदा मैले मूलतः फूल,सिंगमरमर र तालको अनौठो संयोग देखेँ।व्यस्त दैनिक जीवनको गतिविधिबाट केहीक्षण मुक्ति पाउन र बालबच्चाहरूसँग खेल्न यो पार्क अति नै उपयुक्त देखिन्छ।पार्कमा बस्ने स्थानहरू प्रसस्तै रहेका अनि त्यतिमात्र होइन पार्कभित्रै क्याफेहरू अनि राम्रा र सुपथ मूल्यका पसलहरू पनि विद्यमान छन्।त्यसका साथै उपहारका सामानहरू रहेका पसलहरू पनि प्रसस्तै रहेका छन्

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह