फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली श्रोतालाई चीनको विषेश पुरस्कार

(GMT+08:00) 2009-12-17 09:30:28
महाशय, विश्वभरका श्रोताहरुको कर्णप्रिय रेडियो, चिनियाँ अन्तर्राष्ट्रय रेडियोले सन् 1975 को जुन 25 तारीखदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण गर्न शुरु गरेको थियो । यस सेवाको स्थापनाकालदेखि हालसम्म रेडियोका उच्च पदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको नेपाल भ्रमण तथा नेपाली श्रोताहरुलाई विशेष पुरस्कार मार्फत चीन तथा चीनका विभिन्न प्राकृतिक श्रोत साधनहरुको प्रत्यक्ष अवलोकन गराउने क्रम निकै बढेर गएको छ । विगतका केहि वर्षहरुदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले वर्षभरी नै विभिन्न प्रकारका ज्ञान विज्ञान प्रतियोगिताहरुको आयोजना गर्दै र श्रोताहरुलाई विभिन्न प्रकारका पुरस्कारहरुले विभुषित गर्दै आइरहेको छ ।

हालै, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा लगायत अन्य सेवाले अपि्रल 20, 2009 देखि मई 1, 2009 सम्म आयोजना गरेको सुन्दर तिव्वत ज्ञान विज्ञान प्रतियोगितामा विषेश पुरस्कार पाउन सफल श्रोताहरुले जुन 30 तारीखदेखि जुलाई 7 तारीखसम्म चीनको सुन्दर प्रान्त तथा स्वसाशित क्षेत्र तिव्वतको भ्रमण गर्ने र्सौभाग्य प्राप्त गरेका छन् । सि.आर.आर्इ.को वेभसाइटमा आधारित श्रोताको रुचि भएको पर्यटन विषय माफत तिव्वतको प्राकृतिक दृश्य र जातीय संस्कृतिमा आधारित यस प्रतियोगितामा नेपाल लगायत विश्वभरका श्रोताहरुको सक्रिय सहभागिता रहेको थियो । यस प्रतियोगितामा सक्रिय सहभागी भई विषेश पुरस्कार प्राप्त गर्ने सौभाग्यशाली श्रोताहरुमा लिलामण पौडेल - नेपाल, एस.सेल्भाम - भारत, लिण्डा रुथ रोशेन - बेलायत, एक्साभियर जाकुस ओलरी - फ्रान्स, स्टेफान अदोल्फ हेइनरिच माइर - जर्मनी, कास्टि्रलोन जिल जोन फ्रेडि - कोलम्विया र स्टानिस्ली भित्कोर - चेक गणतन्त्र रहनु भएको छ । यी विषेश पुरस्कार प्राप्त गर्न सफल सक्रिय श्रोताहरुलार्इ मेरो हार्दिक बधार्इ तथा यस्तो सूनौलो अवसर प्रदान गर्ने विश्व विख्यात रेडियो, चिनियाँ अन्तर्राष्ट्रय रेडियो र आयोजकलार्इ हार्दिक धन्यवाद ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह