फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको चुङ सान पार्क-2

(GMT+08:00) 2009-12-14 10:53:54

             चीनको राजधानी पैचिङ अनि पैचिङको मुटु मानिने थियान मन स्क्वायरको पश्चिम दिशामा रहेको यो पार्क यति मनमोहक छ कि त्यहाँ पुग्ने हरेक व्यक्तिले संसारलाई भुल्न पुग्छन् अनि घर फर्कन चाहँदैनन्।चीनको महत्वपूर्ण स्थल थियान अन मन अनि नजिकैको सङ्ग्रहालय र अन्य बार्दली र अग्ला स्थानहरूको भ्रमणपछि हामी चुङ सान पार्क पुग्न सक्छौँ।

            मैले देखेसम्म यो पार्क प्रकृतिले भरिभराउ भएकोले आधुनिकता भित्रको प्राकृतिक स्थलको रुपमा लिन सकिन्छ।पार्कमा रहेका चिल्ला बाटाहरूको दुबैतिरका सुन्दर वृक्षहरूले पर्यटकलाई स्वागत गरेका हुन्छन् अनि लिली फूल जुन फूल अत्यन्त सुन्दर र वास्नादार छ ती फूलहरूलाई लाइन मिलाएर रोपिएको देख्दा कुनै पोख्त कलाकारले कुची चलाएको भान अवश्य पनि हुन्छ।

           विविध रङका फूलहरूले सजिएको अनि पानी र वृक्षहरुलाई व्यवस्थित पारेर राखिएको यो पार्क वर्षका बाह्रै महिना खुलेपनि वसन्त ऋतुमा यो पार्क गएमा सुनमा सुगन्ध थपिएझै हुन्छ।त्यस ऋतुमा हुने यस पार्कको सुन्दरतालाई कुनै पनि कवि वा गीतकारले आफ्ना शब्दको भङ्गीमा उतार्न नसक्ने विश्वास ममा रहेको छ।

            मैले थेन अन मन स्क्वायरको पश्चिमतिर पर्ने चुङ सान पार्क वा चुङ सान कोङ युआनका बारेमा मैले देखेका कुराहरुका बारेमा मैले केही कुराहरू बताएँ। महान विचारक सन यात सेनको नामबाट यो पार्क खडा गरिएको हो र यसले एक हजार वर्षको इतिहास बोकेको छ। प्राकृतिक दृश्य बोकेको यो रमाइलो यस पार्कमा पाइने कुरा पनि सरसर्ती उल्लेख गरेँ।

           पैचिङको केन्द्रमा रहेको थ्यान अन मेनको नजिकै पर्ने यस पार्कमा रहेका तालतलैया रुखहरू अनि सिंगमरमरको बेजोड नमुना रहेको कुरा पनि मैले उठाएँ। अति शान्त सौम्य तथा सुसंस्कृत पार्कको रुपमा यस पार्कलाई लिन सकिने अवस्था रहेको विषयको पनि मैले इमान्दारिताका साथ मैले उठान गरेँ।यसरी आज मैले आधुनिकता र प्रचीनता अनि संस्कृतिको मिलापको रुपमा चुङ सान पर्कलाई लिन सकिने कुरा बताएँ।

            यसरी आज मैले पैचिङमा रहेको प्राकृतिक दृश्यको उपस्थिति रहेको एक महत्वपूर्ण पार्कका बारेमा मैले देखेका र अनुभव गरेका केही कुराहरूका बारेमा सत्य-सत्य कुराहरु पोखेँ। आगामी हप्ता यसै दिन र यसै समयमा यसै पार्कको बाँकी विषय लिएर आउँने नै छु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह