फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीहरुको दोश्रो महान चाड दिपावली बारे

(GMT+08:00) 2009-12-31 15:26:28
नेपालीहरुको दोश्रो महान चाड दिपावलीको बारेमा जानकारी दिने प्रयास गरेको छु । हरेक वर्ष जस्तै यस वर्ष पनि शरद ऋतुले चिसोचिसो मौसमसँगै दशै तथा तिहार लगायतका हिन्दुहरुका मुख्य चाडपर्वहरुलाई साथसाथै डोर्याउँदै लम्किरहेको छ । हिन्दुहरुको महान तथा राष्टि्रय चाड दशै भर्खरै समापन भइसकेको छ भने, दोश्रो महान चाड दीपावली नजिकिदै आइरहेको छ । हिन्दुहरुको दोश्रो चाड दिपावली २०६६ ले हामी, हाम्रो परिवार, घर तथा आँगनमा खुशी, उमंग तथा रमाइलोलाई अंगाल्दै नजिकिदै आइरहेको छ । यस चाडमा काग, कुकुर, गाई, दाजु तथा भाइको पुजा गरिन्छ । कागलाई शुभ समाचार एवं भविष्यवाणीकर्ताको रुपमा पूजा गरिन्छ । कुकरलाई धन सम्पत्त संरक्षणकर्ता एवं भगवान इन्द्रको वाहनको रुपमा पूजा गरिन्छ । यस चाडकी लक्ष्मीलाई धन दौलत प्रदानकर्ताको रुपमा पूजा गरिन्छ भने तथा दाजुभाईलाई दिदी बहिनीले आत्मियता सदासदा कायम राख्नको लागि पुजा गर्ने गरिन्छ । यस चाडमा विभिन्न प्रकारका फलफूल, रोटी, मिठाई लगायतका विभिन्न परिकारहरु खाने र खुवाउने गरिन्छ । देउसी, भैलो लगायतका विभिन्न रमाईला खेलहरु खेलेर यो चाड मनाइन्छ । साना बच्चाहरु मीठामीठा खानाका परिकारहरु खान पाइने, नयाँ र राम्रा कपडा लगाउन पाइने आशामा खुशीले रमाइरहेका हुन्छन् । प्रत्येक नेपालीका घर आँगन सरसफाई र विभिन्न रङरोगनले सजिएका हुन्छन् । विभिन्न देश तथा विदेशमा जिविकोपार्जनको लागि गएकाहरु घर, परिवार, इष्टमित्र तथा साथीहरुसँग पूर्नमिलनको लागि घर फर्कने गर्दछन् । यस चाडमा घर, आगन, शहर, बजार तथा सडकहरु समेतमा भिलिमिलीका बत्तीहरु बालेर उज्यालो बनाई दिपावली मनाउने भएकोले यस चाडलाई दिपावली पर्व भनिन्छ ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह