फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको चुङ सान पार्क-4

(GMT+08:00) 2009-01-04 10:31:52

              यसरी चाहे विविध भागका चिनियाँहरुका लागि होस् वा विदेशी पर्यटकका लागि नै किन नहोस् यो पार्कले सबैसँग उत्तिकै प्रिति लगाएको देखिन्छ।चिनियाँ तथा अन्यहरूका लागि यो उत्तिकै रमाइलो र प्रख्यात छ भन्न सकिन्छ।स्वच्छ मात्र होइन शान्त पनि रहेको अनि रमाइलो पनि उत्तिकै भएको हुनाले यो पार्क मनोहर छ भन्न सकिन्छ।मैले त्यस पार्कमा गएर अवलोकन गरेसम्म विदेशीहरू त्यहाँ गएर बसेपछि त्यहाँका स्थानीहरू अङ्ग्रेजी बोल्नका लागि मात्र भए पनि आउने गरेको पाएँ। उनीहरूले गर्ने मित्रताको व्यबहार अति नै अविस्मरणीय लाग्दछ।उनीहरू तुरुन्त नै नजिकका साथी बन्दछन्।

            आज मैले थेन अन मन स्क्वायरको पश्चिमतिर पर्ने चुङ सान पार्क वा चुङ सान कोङ युआनका बारेमा मैले देखेका कुराहरुका बारेमा पहिलेको निरन्तरतास्वरुप मैले केही कुराहरू बताएँ। महान विचारक सन यात सेनको नामबाट यो पार्क खडा गरिएको हो र यसले एक हजार वर्षको इतिहास बोकेको छ। प्राकृतिक दृश्य बोकेको यो रमाइलो यस पार्कमा पाइने कुरा पनि सरसर्ती उल्लेख गरेँ।

           पैचिङको केन्द्रमा रहेको थ्यान अन मेनको नजिकै पर्ने यस पार्कमा रहेका तालतलैया रुखहरू अनि सिंगमरमरको बेजोड नमुना रहेको कुरा पनि मैले उठाएँ। अति शान्त सौम्य तथा सुसंस्कृत पार्कको रुपमा यस पार्कलाई लिन सकिने अवस्था रहेको विषयको पनि मैले इमान्दारिताका साथ मैले उठान गरेँ।

           यसरी आज मैले आधुनिकता र प्रचीनता अनि संस्कृतिको मिलापको रुपमा चुङ सान पर्कलाई लिन सकिने कुरा बताएँ। आज पैचिङमा रहेको प्राकृतिक दृश्यको उपस्थिति रहेको एक महत्वपूर्ण पार्क जुन पार्क चिनियाँ तथा विदेशी दुबै पक्षका लागि उत्तिकै महत्वपूर्ण छ सो बारेमा मैले देखेका र अनुभव गरेका केही कुराहरूका बारेमा सत्य-सत्य कुराहरु पोखेँ। आगामी हप्ता यसै दिन र यसै समयमा अर्को कुनै महत्वपूर्ण विषय लिएर आउँने नै छु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह