फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल लम्सालबाट आएको हार्दिक शुभ कामना! (1)

(GMT+08:00) 2010-01-19 09:25:21
     सन् दुई हजार तीनदेखि दुई हजार आठसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा काम गर्नुभएका नेपाली विशेषज्ञ कमल लम्सालले चीन र नेपालको दौत्य सम्वन्ध स्थापित भएको चौवन्नौ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली सेवालाई इमेल पठाएर आफ्नो हार्दिक शुभ कामना व्यक्त गर्नुभएको छ। श्री कमलजीले शुभ कामनामा भन्नु भएको छ ।

    नेपाल हिमालय पर्वत श्रृंखलाका दुईपट्टी अवस्थित दुईवटा निकट छिमेकी राष्ट्रहरु नेपाल र चीनका जनता बीचको मित्रवत सम्बन्धको इतिहास निकै लामो छ । प्रकृतिको सबैभन्दा चीसो हिमालय पर्वत श्रृंखलाले छुट्ट्याएको भए पनि हाम्रा दुई देशबीचको सम्बन्ध भने सधैं अति न्यानो र सौहार्दपूर्ण रहिआएको छ ।आजभन्दा दुई हजार वर्षभन्दा पनि अघि चीनका भिक्षु मन्जुश्री चीनको उथाइ पर्वतबाट काठमाडौं आएर आफ्नो दैवी शक्तियुक्त तरबारले पहाड काटेर काठमाडौं उपत्यकाको पानी बगाई त्यहाँ बस्ती बसाएको भन्ने किंबदन्ती छ । यसबाट दुई देशका जनताबीचको मित्रताका लागि दुबै देशका जनताको उत्साहित प्रयास प्रतिविम्वित हुन्छ । ऐतिहासिक तथ्यहरुका अनुसार, चीन र नेपालबीचको सम्बन्धको इतिहासको शुरुवात सातौं सताव्दीको मध्यदेखि भएको पाइन्छ । नेपाल र चीनले त्यति बेलादेखि नै राजदूतहरुको आदान प्रदान गर्न शुरु गरिसकेका थिए । चीनको चीन राजवंशकालका ख्यातिप्राप्त भिक्षु फाहियान र थाङ राज्यकालका अर्का प्रख्यात भिक्षु ह्वेन साङ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि नेपाल आएका थिए । थ्याङ राजवंशकालमा थुबो राज्यका राजा सोङचेन गोम्पोले नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरेका थिए । नेपाली कलाकार अरनीकोले युवान राजवंशकालमा ल्हासामा बौद्ध मन्दीरको निर्माण गरेका थिए । चीनको राजधानी पैचिङ्गमा निर्मित म्याओ यिङ मन्दिर अर्थात सेतो प्यागोडा अरनीकोकै सुपरीवेक्षणमा बनाइएको थियो । यी सबै ऐतिहासिक तथ्यहरुले नेपाल तथा चीनबीचको सम्बन्ध एउटा सशक्त आधारमा स्थापित भएको कुरा प्रमाणित हुन्छ । सन् उन्नाइस सय पच्पन्नमा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखियता नेपाल र चीनबीचको सम्बन्धको नयाँ अध्याय शुरु भयो जसका लागि कैयौं पुस्ताका चिनियाँ र नेपाली नेताहरुको प्रतिबद्धता र समर्पणले सशक्त जगको काम गरेको छ । त्यसैले यो मित्रता नेपाल र चीन दुबै देशका जनताका लागि कहिल्यै ननाशिने विशाल निधि हो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह