फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल लम्सालबाट आएको हार्दिक शुभ कामना! (2)

(GMT+08:00) 2010-02-02 09:10:27
        नेपाल र चीन दुबै देशका पूराना र नयाँ नेताहरुले आ-आफ्नो बुद्धि, विवेक, दर्शन र अनवरत प्रयासबाट नेपाल र चीनबीचको सम्बन्धलाई फल्ने फुल्ने अवसर दिलाएका छन् । दुबै देशका नेताहरुको आधा सताब्दीभन्दा लामो समयसम्मको अथक प्रयासको परिणम स्वरुप राजनीतिक, आर्थिक तथा ब्यापारिक, सांस्कृतिक, शैक्षिक र अन्य क्षेत्रमा नेपाल र चीन बीचको सहयोग र आदान - प्रदानको प्रतिफलबाट दुबै देशका जनता लाभान्वित भएका छन् । यस अथक प्रयासको प्रतिफलस्वरुप हाम्रा दुबै देशका जनताले प्रत्येक्ष लाभभन्दा पनि ठूलो कुरा हासिल गरेका छन्, त्यो हो दुईवटा फरक फरक राजनीतिक सामाजिक व्यवस्था भएका छिमेकी मुलुकहरुबीच विश्वमै उदाहरणिय बनेको मित्रवत सहयोग र शान्तिपूर्ण सह अस्तित्वको वातावरण । नेपाल र चीनबीचको मित्रतालाई वर्षौदेखि गति दिइरहेको चीन - नेपाल सम्बन्धको इतिहासलाई नियाल्दा तीनवटा स्पष्ट पक्षको पहिचान सजिलै गर्नसकिन्छ । ती तीनवटा कुराहरु एक अर्काप्रति विश्वास, समानतामा आधारित व्यवहार र वफादारिता हुन । यी दुईवटा देश एक अर्कालाई सधैं सम्मान गर्छन, विश्वास गर्छन र सहयोग गर्छन । चीन सरकार अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दछ जसको परिणमस्वरुप चीनले जहिले पनि नेपालले आफै छानेको विकासको बाटोको सम्मान गर्दैआएको छ । चीनको यस्तो अहस्तक्षेपकारी नीतिका कारण पनि हाम्रा दुई देशबीचको सम्बन्ध सधैं सुमधूर र विकसित अवस्थामा रहेको हो । पछिल्ला वर्षहरुमा चीन र नेपालबीचको सम्बन्ध अझ द्रूत गतिमा विकास भैरहेको छ । दुबै मुलुकका उच्च स्तरका नेताहरुले निरन्तर रुपमा एक अर्का मुलुकको भ्रमण गरेबाट आपसी सहयोगको वातावरणमा अरु सहजता देखापरेको छ, आपसी विश्वास र मित्रता अरु प्रगाढ बनेको छ । चीन र नेपालबीचको हार्दिक र मित्रवत सम्बन्धको फलस्वरुप द्बिपक्षीय आर्थिक तथा ब्यापारिक सम्बन्धको विकासले स्वस्थ गति पाएको छ ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह