फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल लम्सालबाट आएको हार्दिक शुभ कामना! (3)

(GMT+08:00) 2010-02-09 14:36:29
     पछिल्ला वर्षहरुमा नेपाल र चीनका जनताबीचको सम्बन्ध अझ सहज हुनुका साथै यो सम्बन्ध अरु तिव्र गतिमा विकसित भैरहेको छ । सन् दुई हजार दुईमा हाम्रा दुई देशबीच सम्पन्न पर्यटनसम्बन्धी सहमतिको परिणम स्वरुप चीन सरकारले चिनियाँ पर्यटकहरुका लागि नेपाललाई गन्तव्यको सूचीमा समावेश गरेपछि हाम्रा दुई देशबीचका जनता जनताबीचको सम्बन्ध अझ विकास हुने वातावरण बनेको छ । त्यसैगरी सन् दुई हजार चारदेखि नै चीन र नेपाललाई प्रत्यक्ष हवाई सेवाबाट जोडिएको छ भने शान्ति, विकास, मानव अधिकार र राष्ट्र संघमा सुधार जस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषय लगायत आपसी चासोका विषयमा नेपाल र चीनबीच सधैं सहयोग र समन्वय हुँदैआएको छ । वर्तमान विश्वको मागलाई हेर्दा शान्ति, स्थायित्व, आपसी सहयोग र विकास आजका आवश्यकता हुन भन्ने कुरामा दुईमत हुनसक्दैन । यीनै आवश्यकतालाई आधार बनाएर दुई देशबीचको सम्बन्धको विकास भैरहेको छ जसले दुबै देशलाई विकासका लागि ऐतिहासिक अवसर प्रदान गरेको छ । यसै अवसरको फाइदा उठाई असल छिमेकीपन, मित्रता र सहयोगको सिद्धान्तमा आधारित हाम्रा दुई देशबीचको सम्बन्धलाई अरु अघि बढ्ने अवसर प्रदान गर्नुपर्छ । हाम्रा एक अर्का देशमा जे जस्ता परिवर्तन भए पनि एक अर्का देशप्रतिको मित्रवत व्यवहार र साझा विकासको नीतिमा कुनै परिवर्तन आउनुहुँदैन र आउने छैन पनि जसको परिणमस्वरुप दुई देशबीचको समग्र सम्बन्ध अझै फल्ने फुल्ने छ, झांगिने छ, विकसित हुने छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको चौवनौ वार्षिकोत्सवका उपलक्ष्यमा यहीं मेरो हृदयदेखिको शुभ कामना छ ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह