फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाको परिमार्जित वेभसाइट बारे

(GMT+08:00) 2010-01-07 09:49:46
महाशय सी.आर.आई. नेपाली सेवाले आफनो वेभसाइटमा राख्दै आएका लेखहरु नियमित तथा समायानुकूल परिमार्जन गर्दै आएको छ । हालै परिमार्जन गरिएको यो वेभसाइट निकै आर्कषक तरिकाले सजिएको छ । "श्रोता चौतारो" नामाकरण गरिएको यो वेभसाइट विभिन्न विषयवस्तु र स्तम्भले भरिएको छ । हाल यसमा सी.आर.आई.को सक्षिप्त परिचय, नेपाली सेवाको सक्षिप्त परिचय, सम्पर्कको लागि, मुख्य पृष्ठ, वेभसाइट प्रसारण, चीनको तिव्वत, श्रोताको चौतारो, ऋजष्लब ब्द्यऋ, पुरानो पेज, पत्र मन्जुषा, मितेरी पुल, मितेरी आवाज, श्रोता क्लवबाट, श्रोताबाट, गीत संगीत, मेरो आँखामा चीन, पैचिङ डायरी, चीनको संस्मरण, श्रोता सहभागीता, स्टार श्रोताहरु, चिनियाँ भाषा प्रसारण लगायतका विभिन्न स्तम्भहरु राखिएको छ । यस वेभसाइटमा राखेका हरेक लेखहरुको आफनो आफनो महत्व बोकेको पाइन्छ । यस वेभसाइटमा विषेशगरी विश्वको समाचार, चीनको समाचार, नेपालको समाचार एवं अन्य उपयोगी सामग्रीहरु राखिएको छ । चीन, चीनका हरेक क्षेत्र, चिनियाँ विषयवस्तु एवं चिनियाँयुक्त विशेषताहरु राखिएको यस वेभसाइटबाट हामी श्रोताहरुले मनले चाहेको जति सन्तुष्टी प्राप्त गरिरहेका छौं । हाल परिमार्जन गरिएको वेभसाइटले श्रोता तथा वेभसाइट प्रसारणलाई उच्च महत्व दिएको आभास हुन्छ साथै यसबाट चीनले अन्य क्षेत्रमा जस्तै रेडियो प्रसारणलाई पनि उच्च प्राथमिकता दिन थालेको महसुश हुन्छ । धन्य छ, सी.आर.आई., श्रोताहरुलाई नयाँ नयाँ किसिमका कार्यक्रमहरु प्रदान गर्दै जाउ, समुद्रमा पनि कमलको फुल दिदै जाउ । धन्यवाद । भवदीय मान बहादुर खत्री सी.आर.आई रेडियो मोनिटर नेपालगञ्ज, बाँके नेपाल
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह