फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हार्दिक कृतज्ञता

(GMT+08:00) 2010-01-14 10:29:26
चिनिया अन्तर्राष्टि्रय रेडियो नेपाली विभाग र लाखौंलाख नेपाली श्रोताहरुलाई एकै सूत्रमा जोड्ने प्रभावकारी साधन मितेरी पुलको पछिल्लो अर्थात 24 सौं अड्क भर्खरैमात्र हुलाकबाट प्राप्त गरें । पत्रिका प्रेषण गरेकोमा नेपाली विभागलाई हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछु । मितेरी पुलको पछिल्लो अड्क हातमा परेपछि ज्यादै उत्सुकताका साथ पत्रिकामा छापिएका सबै सँमग्री सरसर्ती अध्ययन गरें । पत्रिकामा सिआरआई नेपाल(चीन जनमैत्री परिषद कन्फ्युसियस कक्षाँको अनावरण समारोहको आयोजना सम्बन्धी विस्तृत विवरण प्रस्तुत भएको रहेछ । अनावरण समारोहको प्रभावकारी संयोजन गरेकोमा लोकेन्द्र काफ्ले तथा त्यस क्षेत्रका श्रोतासाथीहरुलाई मुरीमुरी धन्यवाद । यसैगरी सुन्दर तिब्बत ज्ञान विज्ञान प्रतियोगितामा विशेष पुरस्कार प्राप्त गर्न सफल विजेता श्रोता लिलामणि पौडेलको तिब्बत यात्रा सम्बन्धी विवरण पनि रोचक लाग्यो । यसका साथमा नेपाली विभागका उपप्रमुख श्री रबीज्यूको नेपाल भ्रमणका बारेमा पनि विवरण प्रकाशित भएको रहेछ । यसका अलावा नेपालका सक्रिया श्रोता मित्रहरुको शुभकामनाका शब्दहरु तथा केही कविताहरु पनि पढ्न पाइयो । समग्रमा पत्रिका पाठक श्रोताहरुका लागि जानकारी तथा सूचनामूलक रुपमा प्रस्तुत हुन सकेको मेरो अनुभव रह्यो । अग्रपृष्ठमा राखिएको तस्वीरले नेपाल र चीनबीचको सदियौं पुरानो मैत्री सम्बन्धलाई अभक्त कसिलो र मलिलो हदै गएको सन्दर्भलाई पुष्टी गर्न सहयोग गरेको छ । यसैगरी नेपालका लागि चिनिया राजदुत तथा नेपाली विभागका उपप्रमुख रबीज्यूले प्रस्तुत गर्नुभएको भनाईहरुबाट पनि नेपाल ( चीन मैत्रीलाई प्रवर्द्धन गर्न सिआरआईको भूमिकालाई महत्वका साथ उठाइएकोछ । वास्तवमा रेडियोका माध्यमबाट दुईदेश बीचको सम्बन्धलाई उचाईमा पुर्याउन सहयोग पुग्नु निकै महत्वको कुरा हो । जनस्तरको सम्बन्धलाई सुमधुर बनाई राख्न नेपालको इटहरीमा भर्खरै सञ्चालनमा आएको कन्फ्युसियस कक्षाले नयाँ उक्तर्जा थप्ने कुरामा आशावादी हुन सकिन्छ । मितेरी पुलको यो पछिल्लो अमा नेपाली विभागका प्रमुख रबीज्यूको नेपाल भ्रमणसंग सम्बन्धित केही फोटोहरुका साथमा भ्रमण तथा श्रोता भेटघाट सम्बन्धी समाचार पनि राखिएको रहेछ । तर सो समाचारमा उहां सहितको प्रतिनिधि मण्डलले नेपालको सुन्दर नगरी पोखराको भ्रमण गरेको र त्यहां म लगायतका श्रोता साथीहरुसंग गरिएको भेटघाटको कुरा छुट्न गएको रहेछ । जेहोस्, रबीज्यू लगायतको सिआरआई प्रतिनिधि मण्डलको भ्रमण ज्यादै सफल भएको कुरालाई पत्रिकाले राम्रोसंग संयोजन गरी प्रस्तुत गरेकोमा निर्देशक वर्षाजी, सम्पादक केशरीमैयाजी र सहसम्पादक सुमेघाजीलाई हार्दिक धन्यवाद दिनै पर्दछ । मितेरी पुलका आगामी अहरु अभक्तै सभिक्तसभक्ताउ, परिस्कृत र श्रोतामूखी बनेर आउनेछन् भन्ने अपेक्षा गर्दछु । धन्यवाद ।नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अभक्त गाढा र सुमधुर बन्न सकोस् भन्ने हार्दिक कामना ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह