फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको चुङ सान पार्क-3

(GMT+08:00) 2010-06-28 10:49:33

           आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने थ्यानमन चोक नजिकैको चुङ सान पार्कमा गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न पार्कहरूमध्ये चुङ सान पार्कको स्थान पनि निकै महत्वपूर्ण रहेको छ।पैचिङको मुटुमा रहेको यो पार्क आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न अङ्ग हो। यस पार्कको कस्तो अवस्था रहेको छ र पैचिङमा यो पार्कले के कस्ता सुविधाहरू प्रदान गरेको छ र यो पार्कको महत्वको दिशा कता गइरहेको छ भन्ने बारेमा पनि अघिल्लो हप्ताको निरन्तरतास्वरुप म केही कुरा राख्ने जमर्को गर्दैछु।

          मैले म चीनको पैचिङवरपर घुम्दै र अवलोकन गर्दै जाँदा त्यहाँ रहेको चुङ सान पार्कको अवस्था खासगरेर त्यस पार्कमा भएका सुविधाहरूलगागत् त्यस पार्कको महत्वबारे केही बताउन जाँदैछु।

             पैचिङको वातावरणलाई मध्यनजर गरेर हेर्ने हो भने वसन्त ऋतु नै यस्तो ऋतु हो जुन ऋतुमा चुङ सान पार्कको अध्ययन भ्रमण गर्नु अत्यन्त नै बेश हुने कुरा हो भन्न सकिन्छ।पैचिङमा यस ऋतुमा न धेरै गर्मी हुन्छ न त जाडो नै हुन्छ।अनि त्यति मात्र कहाँ हो र त्यसबेला नै पैचिङमा नानाथरीका फूलहरू ढकमक्क फुलेका हुन्छन्।एकातिर फूलको रमाइलो अनि अर्कातिर भन्ने हो भने त्यहाँका अनेकन तालमा रहेको पानीको रमाइलो दृश्य अपूर्व नै हुन्छ भने पनि यसमा फरक पर्दैन।त्यहाँको दृश्य अपूर्व बनाउनका लागि त्यस क्षेत्रमा लगाइएका विविध प्रकारका बाँसहरूले पनि धेरै नै भूमिका खेलेका छन्।वसन्त ऋतुका पहिला पहिला दिनहरूमा त्यस क्षेत्रमा पाइने चेरी र स्याउका बोटहरुले पनि पार्कको रमणीयतालाई अझ हराभरा बनाएका हुन्छन्।

            यस पार्कका विभिन्न कुनामा आआफ्नै विशेषतायुक्त कुराहरू रहेका छन्।यस पार्कको दक्षिणी दिशामा पर्ने स्थान यस्तै विशेषताले भरिएको अपूर्व स्थान हो भने पनि हुन्छ।प्राचीन कालका गहनायुक्त सरसामानहरूले भरिएको यो कुनामा सिंगमरमरका विविध कलात्मक रुपका धनुर्वाणका प्रतीकहरू बनाइएका छन्।यी प्रतीकहरू भनेका चीनको छिङ वंशमा रहेको सरकारले जर्मन मन्त्री बारोन भोन केट्लरको सम्झनामा बनाइएका हुन्।ती मन्त्री चीनको इह थुआन युद्धमा मारिएका थिए।विभिन्न कलात्मक पोखरीहरू विभिन्न रुखहरूले घेरिएको अवस्थामा रहनु त्यस पार्कको अर्को विशेषता रहेको छ।विभिन्न पुलहरू आपसमा क्रस भएर गएका अनि ती पुलहरूको नजिकै विविध वनस्पतिहरूको प्रवन्ध हुनु निकै गजबको कुरा हो भन्न सकिन्छ।

              अनि जमिनका ढिस्कोका वरिपरि विविध फूलहरूले ढाकेर वातावरण निकै रमाइलो बनाएको देखिन्छ त्यहाँ।पुलहरू पनि निकै विशेषतायुक्त देखिन्छन्।पुलमा पनि विविध प्रकारका बुट्टाहरू भरेका छन् त्यहाँ।एकातिर वसन्त ऋतुको समय अनि झिलिमिली बत्ती अनि ती उज्याला बत्तीहरूको छायाँ सुन्दर पोखरीमा पर्नुले पार्कको शोभा अझ बढ्न गएको छ।पानीबाहिर पनि फूल अनि ती विविध फूलहरूको सुन्दर छायाँ पोखरीको सफा र निश्चल पानीमा परेर रोमान्चकता अझ भरिएको देखिन्छ।ऋतुराज वसन्तको समय र यस पार्कको सुन्दरताले सुनमा सुगन्ध थपिएको भान हुन्छ त्यहाँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह