फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ग्रेटवालको यात्रा-2

(GMT+08:00) 2010-01-18 15:46:02

            चीन सरकारले पनि यस पर्खालको महत्व बुझेर नै आफ्नो देशको राष्ट्रिय गानमा यस पर्खाललाई समावेश गरिसकेको छ।त्यतिमात्र होइन चिनियाँ जन बैङ्कले आफ्नो नोटमा पनि ग्रेटवाललाई देखाएको छ।चीनद्वारा उत्पादन गरिएका विविध वस्तुहरू खासगरी वाइनको आइटममा ग्रेटवाललाई एउटा प्रसिद्ध मार्काको रुपमा लिएको देखिन्छ।

           भन्नाले छाङ छङ ब्रान्ड वा ग्रेट वाल ब्रान्डको रेड वाइनलाई चीनमा स्तरीय मानिन्छ। चिनियाँहरूले यस पर्खाललाई छाङ छङ भनी नामकरण गरेका छन्।छाङ भनेको लामो अनि छङ भनेको पर्खाल हो।उनीहरू नापोको रुपमा पनि यस पर्खालको नामलाई यदाकदा लिने गर्दछन्।उनीहरू नापोको आधारमा वान ली छाङ छङ भन्दछन् जसमा एक लि बराबर पाँचसय मीटरलाई लिने गरिएको देखिन्छ।यस पर्खालको सिमानालाई निहालेर हेर्ने हो भने पूर्वमा पीत सागर वा एल्लो सीको नजिक रहको शाङ हाई क्वान भन्ने स्थानसम्म पुगेको देखिन्छ अनि त्यो पर्खाल चीनको पश्चिममा रहेको गोभी मरुभूमी क्षेत्रको च्या यु क्वानमा पुगेर अन्त्य हुन्छ।

             यो लामो पर्खाल निर्माणको इतिहासलाई कोट्याएर हेर्ने हो भने चीनमा छिन वंशताका वा 221 बी सीदेखि 207 बी सीसम्मको कालमा यसको निर्माण कार्य सुरु भएको हो भनेर लेखिएको पाइन्छ।चीन एउटै झण्डामुनि उभिएको बेलाबाट नै यो सुरु भएको अवस्था देखिन्छ।यसरी छिङ वंशमा बनाउन सुरु भएको ग्रेटवाल अन्य पछिल्ला वंशका शासकहरूले पनि निर्माण कार्य बढाउँदै गए।

             हरेक वंशका शासकहरूले यो धरोहरको प्रवर्द्धनलाई आफ्नो मूल कर्म बनाएको इतिहास पाइन्छ।अनि कुन वंशकालमा यो पर्खाल कति लामो र कति सुन्दर बनाउन सकियो अनि कति बलियो बनाउन सकियो भन्ने कुरालाई मूल विषय बनाएर यसको निर्माणमा प्रतिस्पर्धा थप्ने काम भयो।अनि हरेक शासकहरूले यस पर्खालको निर्माण र मर्मत कार्यमा विशेष ध्यान दिएका थिए।छिङ पछिको मिङ वंशकालका राजाहरूले यस ग्रेटवाललाई अझ प्रभावकारी रुपमा रचना गर्दै गए माटो र इँट थप्दै गए नाम चलाउँदै गए ।

              मिङ वंशताका आएर यस पर्खालमा इँटा र ढुङ्गाको प्रचुर प्रयोग भएको कुरा विविध शिलालेखहरूको अध्ययनबाट स्पष्ट हुनजान्छ।यस पर्खालको धेरैजसो भाग जुन आज देखिन्छ त्यो शताब्दीदेखिको पाइन्छ।तर यो पर्खालको निर्माणमा एउटा अत्यन्त तीतो सत्य पनि लुकेर रहेको छ।शासकहरूले कामदारलाई जवरजस्ती काममा लगाउँदा र निर्माण कार्यमा विविध दुर्घटनामा परेर करिब दशलाखको सङ्ख्यामा मानिस मरेका थिए।यो अत्यन्त दुःखद पक्ष हो यस पर्खालको।आज यो अनुमान भइसकेको छ कि यो विशाल पर्खालको निर्माणले एक सय असी मिलियन घन मीटर स्थान यसै पर्खालले लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह