फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ग्रेटवालको यात्रा-3

(GMT+08:00) 2010-01-25 15:35:45

             म चीनको लामो पर्खाल वा ग्रेटवाल गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न महत्वपूर्ण स्थानहरू ग्रेटवाललाई पनि केन्द्रविन्दुमा राखेर हेर्न सकिन्छ ।

           चीनका हरेक शासक वर्गले यस धरोहर वा ग्रेटवाललाई जगेर्ना गर्दै गए।तर इतिहासलाई कोट्याएर हेर्ने नै हो भने युआन र छिङ वंशमा भने यस पर्खालको विषयलाई प्रयोग गरेर थुप्रै कर्तुतहरू तथा युद्धहरू चर्काइएका थिए। धेरै मानिसहरू यो विश्वास गर्दछन् कि अन्तरिक्षबाट पृथ्बीतिर फर्केर हेर्दा देखिने एकमात्र मानवनिर्मित वस्तु भनेको केवल यही ग्रेटवाल मात्र नै हो तर यो कुरा वास्तविक रुपमा प्रमाणित हुन सकेको छैन किनकि मानिस अन्तरिक्षमा जाने क्रम अत्यन्त नै पातलो बनेको छ अनि गइहाले पनि त्यहाँबाट पृथ्वीको के भागचाहिँ देखिन्छ भन्ने विषयलाई त्यति महत्व दिएको पनि देखिँदैन।

             तर अन्तरिक्षबाट मानवनिर्मित यही पर्खाल मात्र देखिन्छ भन्ने कुरा चाहिँ रोवर्ट हालिबर्टनले लेखेको पुस्तकमा उल्लेख गरिएको छ।जुन पुस्तक सन् 1938 मा लेखिएको थियो।

            जुनबेला मानिसले चन्द्रमामा पाइला टेकेकै थिएन। त्यो पुस्तक प्रकाशित भएको तीस वर्षपछि मात्र मानिस चन्द्रमामा पाइला राख्न सफल भएको इतिहास जीवितै छ।

           तर म केचाहिँ स्पष्ट भन्न सक्छु भने तपाईँ चीनका विभिन्न भूभागहरूमा घुम्दै जानुभएको खण्डमा त्यहाँका धेरै भागबाट चाहिँ ग्रेटवाल देख्न सकिन्छ नै जुन ध्रुवसत्य कुरा हो।किनकि म पैचिङको पातालिङ गएर चार पटकजति ग्रेटवाल चढेँ अनि घुम्दै जाने क्रममा म शाङ हाइ पुगेँ जुन पैचिङबाट साढे दुई घण्टाको उडानबाट मात्र पुगिन्छ।त्यहाँ पनि मैले ग्रेटवाल देखेँ।भनेपछि त नाम मात्र ग्रेटवाल होइन रहेछ त्यो ।त्यो त साँच्चिकै नै लामो पर्खाल रहेछ।

               तर मैले अनुमान गरेको अनि अध्ययन गरेको कुराबाट के थाहा पाएँ भने यो पर्खाल शहरी क्षेत्रमा रहेसम्म राम्रो सुरक्षा पाएको छ यसले तर यो पर्खाल जब विकट गाउँमा प्रवेश गर्छ त्यसको त्यत्ति धेरै सुरक्षा छैन।ती दुर्गम क्षेत्रमा यो पर्खाल भत्किएको, मर्मतको अभाव भएको अनि त्यसमा प्रयोग भएका इँटहरू यदाकदा चोरी हुने गरेका कुराहरू पनि प्रशस्तै आउँने गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह