फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपहारको लागि धन्यवाद

(GMT+08:00) 2010-02-04 09:42:47
महाशय, म चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली सेवाको पुरानो नियमित श्रोता भएको कुरा यहाँहरुलाई विदित नै छ । यस रेडियोबाट समय समयमा आयोजना गरिंदै आएका विभिन्न प्रतियोगितामा सक्रिय सहभागी बन्दै आइरहेको छु । जस स्वरुप यस रेडियोबाट विभिन्न प्रकारका उपहारहरु प्राप्त गर्दै आइरहेको छु । यसको लागि म यस रेडियोप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यस रेडियोले सन् 2118को अक्टोवर 05देखि 2119 को अपि्रल 05 सम्म आयोजना गरिएको "नेपाली सेवाको कार्यक्रम नेपालको एफ.एम मा रिले" नाम ज्ञान विज्ञान प्रतियोगिता पनि हालै समापन भएको छ र पुरस्कार समेत घोषणा गरिएको छ । जसमा मलाई दोश्रो पुरस्कार प्रदान गरिएको रहेछ । यसको लागि यस रेडियो र कार्यरत सम्पुर्ण कर्मचारीहरुमा मेरो हार्दिक एवं मुरीमुरी धन्यवाद । यस रेडियोबाट पठाएको एक अमूल्य उपहार 29औं ओलम्पिकको ऋयिकष्लन ऋभचभक्तयलथ आज हात परेको छ । गत साल विश्वको महाराष्ट्र चीनले 29औं ओलम्पिक एवं प्यारा ओलम्पिकको सफल आयोजना गरेको थियो र जसलाई विश्वका पूँजीवादी मुलुकले समेत प्रसंशा गर्न पुगेका थिए । यसै अवसरमा पठाइएको यो उपहारले निकै महत्व बोकेको महशुस गरेको छु । सी. आर. आई. का निर्देशक, नेपाली सेवामा सेवारत उप निर्देशक, प्रमुख, उपप्रमुख, सल्लाहकार, संचालक, कर्मचारी तथा अन्य विभागका सम्पुर्ण कर्मचारीहरुको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। चीन, नेपाल, नेपाली र चिनियाँ जनता साथै रेडियो तथा हामी श्रोताहरु बीचको सुमधुर सम्बन्ध अझ गाढा, घनिष्ट तथा युगयुगौंसम्म प्रगाढ रहने प्रदान गरुन। मेरो हार्दिक मंगलमय शुभकामना नेपाल चीन मैत्री सम्वन्ध अमर रहोस। धन्यवाद श्रोता मान बहादुर खत्रीप्रमुख, साँस्कृतिक विभाग सी. आर. आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद् नेपाल।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह