|
|
|
|||||||||
|
||

चीनको जनसंख्या एक अर्ब तीस करोड छ, तीमध्ये कुलसंख्याको 70 प्रतिशत किसानहरुले ओगटेका छन्। अहिले धेरै किसानहरु शहरमा आई निर्माण स्थलमा काम गर्न थालेका छन् र रेस्टुरेन्टमा पनि कार्यरत छन्। अतः उनीहरुले फरक फरक काम गर्ने गर्दछन् । चीनका शहरमा बस्ने मान्छेहरुको रोजगारी प्रतिशत उच्च छ, तर चीनको जनसंख्या विश्वमा सबैभन्दा बढी छ, हरेक वर्षमा चीनका नागरीकको रोजगारी प्रतिशत फरक फरक छ। त्यसैले हालसम्म चीनमा नागरीकको रोजगारी प्रतिशत सम्बन्धी ठोस तथ्याँक छैन। तर चीनको आर्थिक विकासको क्रममा चिनियाँ परिवारको आर्थिक स्तर धेरै सुदृढ भएको छ।
लालिमा- आचार्य. जी अहिले मेरो हातमा नेपालको माछापुच्छ्रे गा.वि.स वडा नम्बर तीनमा बस्ने हाम्रा श्रोता बलाराम सुबेदीबाट आएको एउटा पत्र छ। उहाँले: चीनमा रहेका धार्मिक पुरातात्विक वस्तुहरु र राष्ट्रिय निकुञ्जहरु लगाएत विश्व सम्पदा सूचिमा परेका धार्मिक सम्पदाहरुको वारेमा जानकारी दिनुहोला भनी अनुरोध गर्नु भएको छ।

चीनमा रहेका धेरै राष्ट्रिय निकुञ्जहरु विश्व सम्पदा सूचिमा परेका छन्। तर चीनमा रहेका धार्मिक पुरातात्विक वस्तुहरु सम्पदा सूचिमा त्यति परेका धेरै छैन। चीनको विश्व साँस्कृति सम्पदा सूचिमा पैचिंग कु कुंग म्युजियम शन् यान कु कुंग म्युजियम, ग्राष्मकालिन प्रसाद गृह, लामो पर्खाल, फिंग याउ पुरानो शहर, थिआन् थान् मन्दिर, लिच्याङ पुरानो शहर, पोताला दरबार आदि रहेका छन्, यसमध्ये धर्मसीत सम्बन्धीत विश्व सम्पदा सुचीमा पोताला दरबार रहेको छ। चीनको विश्व साँस्कृतिक सम्पदा बाहेक चीनको प्राकृतिक सम्पदा सूचिमा च्यु जाइ कौ, ह्वान लौं आदि रहेका छन्। चीनको विश्व सांस्कृतिक र प्रकृतिक सम्पदा सूचिमा थाइ शान पहाड, ह्वान शान पहाड आदि पनि रहेका छन्। चीनको विश्व सम्पदा सूचिमा रहेका अमूल्य सम्पदा विश्वका सबै नागरीकका अमूल्य बस्तु हुन्।
अब हामी ती मध्येको लि च्याङ पुरानो शहरबारे जानकारी दिदै छौ। ली च्यांग प्राचीन शहर दक्षिण-पश्चिम चीनको यु नान प्रान्तको ली च्यांग ना सी जातीय स्वायत्त जिल्लामा पर्दछ। त्यसको स्थापना सोंग वंशको अन्त्य र युआन वंशको आरम्भमा भएको थियो। यो प्राचीन शहर यु नान र क्वै चौ पठार भूमिमा अवस्थित छ र यसको उचाइ समुद्र सतहदेखि दुई हजार चार सय मिटरभन्दा बढी छ। ली च्यांग शहरको कूल क्षेत्रफल 3.8 वर्ग किलोमिटर छ। त्यहाँ युगौं युगदेखि नै प्रसिद्ध बजार, गाउँ-बस्ती थिए। हाल सो शहरमा 6200 भन्दा बढी परीवारको बसोबास रहेको छ भने त्यहाँ जम्मा 25 हजार बासिन्दाहरु छन्। तीमध्ये प्रायजसो ना सी जातिका मानिसहरु छन्। तीस प्रतिशत बासिन्दाहरु गहना बनाउने, कपडा बनाउने र रक्सी बनाउने आदि परम्परागत हस्तकला व्यवसाय र वाणिज्य सम्बन्धी पेशामा संलग्न छन्।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||